मङ्लबार, मंसिर १३, २०७९
बालेनलाई मार्ने धम्की ! काठमाडौँमा खुलेआम आतंकवाद हुँदा देउवा सरकार के हेरेर बसेको छ ?

बालेनलाई मार्ने धम्की ! काठमाडौँमा खुलेआम आतंकवाद हुँदा देउवा सरकार के हेरेर बसेको छ ?


  • स्वदेश नेपाल
  • मङ्लबार, मंसिर १३, २०७९

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह `बालेन`ले केन्द्र सरकार माथि प्रश्न उठाएका छन् । गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन भन्दै उनले केन्द्र सरकारविरुद्ध प्रश्न उठाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, `देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन , शान्ती सुरक्षा छ कि छैन , देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ?`

महानगरपालिकाले हिजो थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा नगर प्रहरीमाथि आक्रमण भएको थियो । सुकुम्बासी बस्तीका बासिन्दाहरू हातहतियार लिएर आन्दोलनमा उत्रिएका थिए ।

उनीहरूले मार्न र मर्न तयार भएको भन्दै सुकुम्बासी बस्ती हटाउन लागेका मेयर शाहलाई समेत मार्ने धम्की दिएका छन्।

मेयर साहले आफुलाई मार्न धम्कि दिएको एक भिडियो शेयर गर्दै उक्त प्रश्न गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट