सोमवार, मंसिर १२, २०७९
सहृदयता अन्तरराष्ट्रिय इजरायलको दोस्रो अधिवेशन नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न, (नामसहित)

सहृदयता अन्तरराष्ट्रिय इजरायलको दोस्रो अधिवेशन नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न, (नामसहित)


  • स्वदेश नेपाल
  • सोमवार, मंसिर १२, २०७९

सहृदयता अन्तरराष्ट्रिय इजरायलको दोस्रो अधिवेशन २०२२ सम्पन्न भएको छ । उक्त संस्थाका अध्यक्ष अर्जुन पोख्रेल प्रेमको अध्यक्षतामा यहि नोभेम्बर २६ तारिखमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा राजदुतावास इजरायलका सहचारी संजय शाह, एनआरएन एनसीसी का अध्यक्ष गणेश गिरी, नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी अध्यक्ष नानी माया योन्जन तामाङ, आमन्त्रित पाहुना सहृदयता अन्तरराष्ट्रिय केन्द्रीय अध्यक्ष वेदनिधि लुइँटेल,अधिवेशन निर्वाचन समिति संयोजक नवीन यात्री लगायतको विशेषरुपमा उपस्थिती रहेको थियो ।

यस्तै पाहुनाहरूमा इजरायलमा स्थापित विभिन्न संघ (संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरु, सिङ्गो जरोकिलो महाअभियानबाट उपस्थिति हुनु भएका सहृदयीजनहरू,सहृदयता अन्तरराष्ट्रियका विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिहरु र संस्थाका सल्लाहकार सहित सम्पूर्ण पदाधिकारीहरूकोसमेत उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।

उक्त कार्यक्रममा संस्थाको पृष्ठभूमि संस्थाकी उपाध्यक्ष साथै अधिवेशन संयोजक पवित्रा क्षेत्री बजगाँइले राख्नुभएको थियो भने सहजकर्ताको भुमिका संस्थाकी सचिव सन्तोषी खड्काले गर्नुभयो । कार्यक्रमबाट नयाँ कार्यसमिति चयन पनि गरिएको छ ।

संरक्षकमा अर्जुन पोख्रेल प्रेम चयन हुनुभएको छ भने अध्यक्षमा पवित्रा क्षेत्री वजगाँइलाई निर्विरोध चयन गरिएको छ । यस्तै उपाध्यक्षमा मेनुका लिङ्देन, महासचिवमा सन्तोषी खड्का, सचिवमा अनिष खतिवडामा, कोषाध्यक्षमा राजन कार्की चयन हुनुभएको छ । उपकोषाध्यक्ष इलित्रा क्षेत्री पाख्रीन हुनुहुन्छ भने सदस्यहरुमा क्रमश भीम कुमारी मगर, राधिका थकाली, सीता पोख्रेल, सोमराज पाठक, भोला पराजुली, सुवास थापा, डोल्मा शेर्पा, गोमा मगर, सावित्रा भट्टराई, कल्पना न्यौपाने, रिता कार्की र मुना शर्मा चयन हुनुभएको छ ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष पवित्रा क्षेत्री वजगाँइले आफूलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गराएकोमा धन्यवाद दिदै सबै पदाधिकारीलाई शुभकामना दिनुभएको थियो । यस्तै उहाँले अब सिङ्गो समिति एक भएर आफूहरुका उद्देश्य एवम् लक्ष्य प्राप्तिमा अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट