बिहिबार, मंसिर ८, २०७९
अपडेट : ५ बजेसम्मको प्रत्यक्षतर्फको ताजा परिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ?

अपडेट : ५ बजेसम्मको प्रत्यक्षतर्फको ताजा परिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ?


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ८, २०७९

काठमाडौं ।

प्रतिनिधिसभाको मतगणना जारी छ । अहिलेसम्म ८७ क्षेत्रको मतपरिणाम आइसकेको छ । पछिल्लो मतपरिणामअनुसार ३२ सीट जितेर नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।नेकपा एमाले १९ सीट जितेर दोस्रो बनेको छ भने ९ सीट जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

यस्तै, नेकपा एकीकृत समाजावदी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, लोकतान्त्रिक समाजवादी पार्टी २ जितेको छ । जनता समाजवादी पार्टी १, नागरिक उन्मुक्ति पार्टी २, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले एक/एक सीट जितेका छन् ।

समानुपातिकमा कुन दलको कति मत ?

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले ६ लाख ३ हजार ७ सय ८ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ७२ हजार ६९८ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ३ लाख ९ हजार ६७ रहेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)को २ लाख ७८ हजार ६२, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ लाख ६८ हजार ८११, जनता समाजवादी पार्टी नेपालको ७५ हजार ७८७ छ सय ८८, नेपाल मजदुर किसान पार्टीको ५१ हजार दुई सय ३६, जनमत पार्टीको ४५ हजार छ सय ४१ रहेको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीको ३८ हजार सात सय २४, नेकपा (एकीकृत एकिकृत समाजवादी) को ३६ हजार चार सय सात, लोकतान्त्रिक समाजवादी नेपालको ३१ हजार आठ सय ८६, हाम्रो नेपाली पार्टीको २१ हजार सात सय ३० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट