मङ्लबार, मंसिर ६, २०७९
छत्र गोले तामाङको नेतृत्वमा नेपाल तामाङ घेदुङ, इजरायलको नयाँ कार्यसमिति चयन !

छत्र गोले तामाङको नेतृत्वमा नेपाल तामाङ घेदुङ, इजरायलको नयाँ कार्यसमिति चयन !


  • स्वदेश नेपाल
  • मङ्लबार, मंसिर ६, २०७९

नेपाल तामाङ घेदुङ, इजरायलको बाह्रौं वार्षिकोत्सब तथा आठौं अधिबेशनले छत्र गोले तामाङ (शंकर) लाई अध्क्षयमा चयन गरेको छ ।

“तामाङ भाषा,लिपि भेषभुषा,धर्म कला, संस्कार र सँस्कृतिको संरक्षण गरौं ताम्सालिङ प्राप्तिको लागि एक जुट हौं” भन्ने मुल नाराका अस्ति नोभेम्बर १८ तारिख शुक्रबार तेल अविवमा सम्पन्न बाह्रौं वार्षिकोत्सब तथा आठौं अधिबेशनले तामाङको नेतृत्वमा २८ सदस्यी नयाँ समिति चयन गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महसंघ इजारायलकी अध्यक्ष नानी माया योन्जन तामाङ ,बिशिस्ट अतिथि धर्म गुरु लामा थुप्तेन योन्जन तामाङ, विशेष अतिथि एनआरएन इजरायलका अध्यक्ष गणेश गिरि, बिशेष अतिथि नेपाल तामाङ घेदुङ इजरायलका संरक्षक परिषदका सदस्य सुन्दरसिंह योन्जन तामाङ, उर्मिला पाख्रिन तामाङ र दिप्मा माया मोक्तान तामाङ रहेका थिए ।

नव निर्वाचित कार्यसमितिको नामवाली :- १) अध्यक्ष:- छत्र गोले तामाङ (शंकर) २)बरिस्ठ उपाध्यक्ष:-रोजि मोक्तान तामाङ ३) उपाध्यक्ष :-मदन नेगि तामाङ ४)उपाध्यक्ष :- अनिता स्याङतान तामाङ ५)महासचीव :-कुमारी गल्देन तामाङ ६)उप-महासचीव :- सुनिल रुम्बा तामाङ ७)सचीव :- रिता तामाङ ८)कोषाध्यक्ष :- डिकामाया तामाङ (रन्जना) ९)सह-कोषाध्यक्ष :- सपना पाख्रीन तामाङ १०)सदस्य:-दिवस घिसिङ तामाङ १२))सदस्य:-लिलावती वाइबा तामाङ १३)सदस्य:-फुर्बा लोप्चन तामाङ १४)सदस्य:-पासाङल्हामु तामाङ १५)सदस्य :-विजयता दोङ तामाङ १६) सदस्य:-निमा खेन्डो तामाङ १७)सदस्य:-अशोक थोकर तामाङ १८)सदस्य:-तेज पाख्रिन तामाङ १९)सदस्य:-कमल तामाङ २०)सदस्य:-सोनाम तामाङ २१)सदस्य:-विष्णु पाख्रीन लामा तामाङ २१)सदस्य:-रेणु तितुङ तामाङ २२)सदस्य:-निमा मोक्तान तामाङ २३)सदस्य:-माया जिम्बा तामाङ २४)सदस्य :-मनोज गोले तामाङ २५)सदस्य :-डोमा गोले तामाङ २६)सदस्य:-लमु पाख्रीन तामाङ २७)सदस्य:- कल्पना मोक्तान तामाङ र २८)सदस्य:-निर्मल मोक्तान तामाङ रहेका छन ।

यस्तै  प्रमुख सल्लाहकारमा पेमा पाख्रीन तामाङ र सल्लाहकारहरुमा नानीमाया योन्जन तामाङ, सुनिता मोक्तान तामाङ र एलिजा दोङ तामाङ रहेका छन् ।

यसरी नै संरक्षक परिषद सदस्यहरुमा सुन्दर योन्जन तामाङ, उर्मिला पाखृन तामाङ, र दिप्मा मोक्तान तामाङ रहेका छन् ।

वार्षिकोत्सब तथा आठौं अधिबेशन २०२२ कार्यक्रममा निवर्तमान अध्यक्ष पेमा लामा पाख्रीनको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट