शनिबार, मंसिर ३, २०७९
कति पुग्यो आज विदेशी डलरको विनिमयदर ?

कति पुग्यो आज विदेशी डलरको विनिमयदर ?


  • स्वदेश नेपाल
  • शनिबार, मंसिर ३, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैँकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ २६ पैसा र बिक्री दर १३५ रूपैयाँ ८८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ४६ पैसा र बिक्री दर १५६ रूपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार