बिहिबार, मंसिर १, २०७९
पहिलो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियासँग इङ्ग्ल्यान्ड ६ विकेटले पराजित

पहिलो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियासँग इङ्ग्ल्यान्ड ६ विकेटले पराजित


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर १, २०७९

एजेन्सी । इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया छ विकेटले विजयी भएको छ ।

एडिलेडमा इङ्ग्ल्यान्डले दिएको दुई सय ८८ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । उसका लागि डेभिड वार्नरले ८६, स्टेभिन स्मिथले नटआउट ८० र ट्रेभिस हेडले ६९ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका डेभिड विलीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८७ रन बनायो । उसका लागि डेभिड मलानले एक सय ३४ रन बनाए । यस्तै डेभिड विलीले ३४ र जस बटलरले २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पा र प्याट कमिन्सले तीनरतीन विकेट लिए ।

यी दुई देशबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । दोस्रो खेल आउँदो शनिवार र तेस्रो खेल आउँदो मङ्गलवार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार