बिहिबार, मंसिर १, २०७९
भारतीय कांग्रेस पार्टीको ‘भारत जोडो’ यात्रामा नेपालको राष्ट्रिय गीत गुन्जियो (भिडियोसहित)

भारतीय कांग्रेस पार्टीको ‘भारत जोडो’ यात्रामा नेपालको राष्ट्रिय गीत गुन्जियो (भिडियोसहित)


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर १, २०७९

एजेन्सी । अहिले सामाजिक सञ्जालमा भारतीय कांग्रेस पार्टीको ुभारत जोडोु यात्राको एक क्लिप भाइरल भइरहेको छ । क्लिपमा कांग्रेस पार्टीका नेता राहुल गान्धीले राष्ट्रिय गान बजाउनका लागि भन्नुहुन्छ तर त्यही समयमा नेपालको राष्ट्रिय गान बज्न थाल्छ ।

यही विषयलाई लिएर अहिले गान्धीलाई सत्ताधारी भारतीय जनता पार्टी ९बीजेपी० का नेताहरूले आलोचना गरिरहेका छन् ।

यो घटना हिजो बुधवारको हो । भिडियोमा राहुल गान्धीले माइकमा बोल्दै राष्ट्रिय गान बजाउन अनुरोध गरेको देख्न सकिन्छ । त्यसपछि मञ्चमा रहेका पार्टीका नेता उभिन्छन् । त्यति नै बेला भारतको राष्ट्रिय गानको साटो नेपालको राष्ट्रिय गान बज्न थाल्छ ।

मञ्चमा रहेका मानिसले केही सेकेन्डपछि मात्रै आफ्नो राष्ट्रिय गान बज्नुपर्नेमा नेपालको राष्ट्रिय गान बजेको थाहा पाउँछन् । त्यसको केही समयपछि भने राष्ट्रिय गान बज्न थाल्छ ।

यस भिडियाेलाई लिएर बीजेपीका आन्ध्र प्रदेश इकाका सचिव रमेश नायडूले ट्वीट गर्दै भन्नुभएकाे छ, ‘डियर राहुल गान्धी, तपाईंकाे कांग्रेस पार्टीलाई हाम्राे देशकाे राष्ट्रिय गान के हाे भन्ने पनि थाहा नभएकाे लाग्याे ।’

प्रतिक्रिया
सम्बन्धित समाचार