मङ्लबार, कार्तिक १, २०७९
जनता र विकासका लागि काम गर्ने मान्छे हुँ भन्ने संखुवासभालीलाई थाहा छ,यो पटक आफूलाई प्रमाणित गर्नु छ : कांग्रेस नेता खड्का

जनता र विकासका लागि काम गर्ने मान्छे हुँ भन्ने संखुवासभालीलाई थाहा छ,यो पटक आफूलाई प्रमाणित गर्नु छ : कांग्रेस नेता खड्का


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक १, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभाका लागि संखुवासभामा कांग्रेसबाट उम्मेद्वार रहेका दीपक खड्का यो पटक पनि पुरानै अनुहारसंग प्रतिस्पर्धा गदैछन । दोश्रो संविधानसभाका सदस्य तथा राज्यमन्त्री समेत रहि सकेका उनको यो तेश्रो पटक उम्मेद्वारी हो । आफूलाई विकासप्रेमी नेताका रुपमा स्थापित गरेका उनले ०७४ सालमा सांसद निर्वाचित भएको भए अहिलेसम्म किमाथांका सडक चीनको सीमासम्म जोडिई सक्ने दावी समेत गर्छन । यसै सन्दर्भमा प्रस्तुत छ निर्वाचन र एजेण्डा केन्द्रीत रहेका उनै खड्कासंग गरिएको कुराकानी

१) तपाई गठबन्धनको तर्फबाट संखुवासभामा प्रतिनिधि सभाको उम्मेद्वार बन्नुभएको छ, यो पटक दीपक खड्का नै किन ? देउवाको सदायता कि स्वभाविक दावेदारी ?
तपाईले भन्नुभएको दुवै सत्य हो । जब म २०७० सालमा संविधानसभा सदस्यका रुपमा निर्वाचित हुदाँ संविधान निर्माण र विकास दुवै जिम्मेवारीहरु थिए । चुनौतीविचमा संविधान निर्माण गरियो भने थुप्रै विकास निर्माणका कार्य सुरुवात भए । कति पुरा भए भने कति अहिले पनि अधुरै छन । अर्कातर्फ म निर्वाचित हुदाँ वा पराजित भएपछि होस संखुवासभालीको सुख दुखमा मेरो साथ सदा रहेको छ । जसको मुल्यांकन आम मतदाता र मेरो पार्टीले गरेको छ । यसैको परिणाम स्वरुप मैले टिकट पाएको छु । जसका लागि मेरो पार्टी र गठबन्धन दलहरुप्रति आभार व्यक्त गर्दछु ।

२) २०७४ सालको निर्वाचनमा त धाँधली भएको भन्दै यहाँले मुद्धा नै हाल्नुभएको थियो नी ?
हो, मलाई संखुवासभाली मतदाताले २०७४ मा पनि निर्वाचित गराएकै थिए । तर देशैभरी तत्कालिन वाम गठबन्धनले जित ल्याउन थालेपछि म माथि षडयन्त्र भयो र म प्राविधिक रुपमा पराजित बने । म यसविरुद्ध अदालत गए । जे परिणाम आउछ त्यो फैसला बोकेर त्यहाका मतदालाई यसबारे प्रष्ट पारौला भन्ने आशामा थिए । तर त्यो पुरा हुन पाएन । यद्यपी मेरो उमेर र कामप्रतिको सक्रियताले मलाई यहि कारण नैराश्यता भने आएन ।

३) भनेपछि यो निर्वाचनमा तपाई राजनितिक वदला लिने सोचमा हुनुहुन्छ ?
हैन पटक्कै छैन । म त विगतमा पनि म सहि थिए भनेर आफूलाई प्रमाणित गराउने दौडमा मात्र छु । जसमा आम संखुवासभाली मतदाताले साथ दिनुहुन्छ भन्ने विश्वासमा राख्दछु ।

४) त्यसो भए तपाईका एजेण्डाहरु के–के छन त ?

मैले म निर्वाचित हुदाँ सुरुवात गरेका धेरै काम पुरा गर्नु छ । मेरो मुख्य एजेण्डा कनेक्टिभी नै हो । जस्तै संखुवासभाका सवै पालिकाहररु जोड्ने गरी मेरो कार्यकालमा सुरु भएको छ ११० मिटर लामो रिंगरोडको काम पुरा गर्नु छ । जसको काम २०७४ पछि अलपत्र पारिएको छ । त्यस्तै सडक कालोपत्रे गर्न योजना थियो । जसका लागि ६७ करोड भन्दा बढि बजेट विनियोजन समेत गराए । मैले ९४ करोड बजेट विनियोजन गरेर लेगुवा–सभा खोलाको बाटो पिच भईसकेको छ । तर अर्को संगसंगै बजेट विनियोजन भएको सडक भने निर्वाचन आचारसंहिता लागु भएकोले टेण्डर मै जान सकेन । ७४ मा म पराजित भएपछि यसलाई अघि सार्न सकिएन । यसलाई पुरा गर्नु छ । त्यस्तै संखुवासभालाई छिटो र छोटो माध्यमबाट राष्ट्रिय राजमार्गमा जोड्ने प्रयत्न स्वरुप मेरा कार्यकालमा विभिन्न विकल्पहरु खोजि गरिएको थिए । यहि अवधारणा अन्तर्गत महत्वपूर्ण मानिएको चतरा–लेगुवा सडकको काम पनि पुरा गर्नु छ । त्यस्तै भारत–नेपाल र चीन तीन देशलाई जोड्ने छोटो मार्ग तथा संखुवासभाको लाईफलाईन कोशी ल्हासा राजमार्ग पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु । संखुवासभा जलविद्युतका दृष्टिले अत्यत्नै ठुलो सम्भावना बोकेको जिल्ला हो । जहाँ भारतको सतलज कम्पनीले ९०२ मेघावाटको अरुण थर्ड बनाईरहेको छ । यद्यपी जिल्लामा ५ हजार मेघावाट जलविद्युत उत्पादनको सम्भावना छ । जुन क्षेत्रमा हामीले काम गर्न सक्छौ । अहिले ९०२ मेघावाटको जुन लाभांशको कुरा छ सरकारले २०० मेघावाट पाउछ । तर संखुवासभाले के पाउने ? यो अर्को मुद्धा हो । जसको २५ प्रतिशत कम्तिमा संखुवासभाले प्राप्त गर्नुपर्दछ भन्ने मेरो माग छ ।

५) यस्ता सपना त अरु उम्मेद्वारले पनि बाड्छन जुन प्रत्येक निर्वाचन सम्पन्न भएसंगै सेलाएर जान्छन । संखुवासभामा पनि निर्वतमान सांसद राजेन्द्र गौतमले यस्तै सपना बाड्नुभएको थियो । तपाईका प्रतिवद्धता पुरा गर्नुहुन्छ भन्नेमा कसरी विश्वास गर्ने ?

विगतको मेरो छोटो कार्यकालमा समेत मैले यस्ता थुप्रै कार्यहरु सम्पन्न गरेर प्रमाणित गरिसकेका कारणले यस कुरामा जनताहरु आश्वस्त हुनुहुन्छ भने म आफै पनि यति काम गर्न सक्नु भन्नेमा विश्वस्त छु । त्यति मात्र नभएर मैले गाउका नेता कार्यकर्ता र गठबन्धनका साथीहरुलाई पनि हावादारी र नपुग्ने कुरा नगर्न आग्रह गरेको छु । सम्भव हुने कुरा गर्ने र सम्भावना भएपनि अलिक ठुलो कुरा भए मसंग सल्लाह लिएर मात्र वोल्न समेत भनेको छु । म खानेपानी मन्त्री हुँदै पनि थुप्रै खानेपानीका योजनाहरु संखुवासभा लगेर सम्पन्न गरेको छु । जस अन्तर्गत संखुवासभाका धेरै ठाँउमा काम भईरहेको छ ।

६) निर्वाचनमा प्रतिद्वन्दीको खण्डन गर्ने,आफ्ना एजेण्डा प्रस्तुत गर्ने र विगतका कार्यकालको समिक्षा गर्ने त सामान्य कुरा नै हो,तपाई तपाईका प्रतिस्पर्धी तथा निवर्तमान सांसद राजेन्द्र गौतमको कार्यकाललाई कसरी हेर्नुहुन्छ ?

म उहाँको धेरै खेदो खन्ने पक्षमा छैन । उहाँका कार्यकाल र काम वारे सारा संखुवासभाली स्वयम जानकार छन र मुल्यांकन पनि गरिरहेको छन । जसको परिणाम आगामी निर्वाचनमा देखिन्छ नै । तर त्यहाको मतदाता पनि हुनको हैषियतले यो पाँच बर्ष संखुवासभाले जे प्राप्त गर्न सक्थो त्यो दृष्टिबाट उपलब्धीमुलक बन्न नसकेको चाँहि हो ।

७) गौतमजी त ओलीकै नजिकको मान्छे,राष्ट्रिय राजनितिमा पहँुच भएको व्यक्तित्व र उहाँको पार्टी झण्डै दुई तिहाई सहित सरकारमा पनि गएको,तर किन काम गर्नु सक्नुभएन होला ?

पहिलो कुरा त उहाँले दीपक खड्का सानोतिनो र भर्खरको राजनितिक व्यक्ति तर म हाई लेभलको हो भन्दै जालझेल गर्नुभयो । तर म त जित्ने वित्तिकै क्याविनेट मन्त्री हो नी,१८ चोटि मन्त्रीमण्डल परिवर्तन हुदाँ उहाँको त नाम समेत सिफारिस भएन । यहाँबाट के देखियो भने उहाँले वोल्ने मान्छे हो गर्ने हैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट