तेल अविव -ह्योल्मो समाज इजरायलमा नयाँ अध्यक्षमा समिर श्याङबालाई चयन गरिएको छ ।
ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारणबाट निर्वाचित अध्यक्ष पासङ नुर्बु श्याङ्बा इजरायलको बसाई समाप्त गरि नेपाल फर्किएपछि उक्त पदमा श्याङबालाई चयन गरिएको ह्योल्मो समाज इजरायलले जनाएको छ।
गत हप्ता ८ अक्टोबर २०२२ का दिन बसेको बिशेष बैठकले उक्त निर्णय गरेको हो । बाँकी निर्वाचित समितिका सबै पदाधिकारी साबिककै रहेको छ ।
ह्योल्मो हाम्रो पहिचान,हाम्रो अधिकार ! ह्योल्मो भाषा, भेषभुषा, लिपि, कला तथा संस्कृतिको संरक्षण र सम्बर्धन गरौं !! भन्ने मुल नाराको साथ १६ बर्ष अघि ह्योल्मो समाज इजरायल स्थापाना भएको हो ।
र यो पनि
जनसम्पर्क समिति इजरायलको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !