सोमवार, अशोज ३१, २०७९
एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्ने जसपाका नेता अशोक राईको उद्घोष (भिडियो)

एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्ने जसपाका नेता अशोक राईको उद्घोष (भिडियो)


  • स्वदेश नेपाल
  • सोमवार, अशोज ३१, २०७९

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको ‘प्रिय नारा’ अधूरो रहेको भन्दै त्यसलाई पूरा गर्न एमालेसँग जसपाले चुनावी तालमेल गरेको बताएका छन् ।

धरानमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले सुनसरी १ एमालेको बलियो र सघन जनमत रहेको क्षेत्र भएपनि सुनसरीका अन्य तीन क्षेत्रमा जसपाको मत एमालेलाई जाने भएकाले आफूलाई मत दिन आग्रह गरे । उनले आफूलाई एमालेले समर्थन गर्नुको राष्ट्रिय महत्व रहेको समेत बताए ।

राईले भने- हाम्रो यो समिकरणलाई सरकारमा पुर्‍याउनु पर्ने राष्ट्रिय महत्व छ । विगतदेखि नै एमालेले समृद्ध नेपाल,सुखी नेपाली भनेर प्रिय र सुन्दर नारा अघि सारेको छ । त्यसका काम अधुरा छन् । ती काम पूरा गर्नका निम्ति शक्तिसाली दलको रुपमा शक्ति,बलियो शक्तिका रुपमा समिकरण जान जरुरी छ । त्यसैले अप्ठेरो मान्नु पर्दैन ।

राईले एमाले र जसपाबीच पार्टी एकता हुने सम्भावनालाई समेत इन्कार गर्न चाहेनन् । पत्रकारको प्रश्नको जवाफ दिँदै उनले राजनीतिमा अनन्त सम्भावना हुने भएकाले पार्टी एक हुने कुरालाई इन्कार गर्न नसकिने बताए ।

उनले आफू प्रतिनिधि सभामा उम्मेदवार भए पनि प्रदेशका दुवै सीटमा एमालेका रमेश बस्नेत र विजय राई उम्मेदवार भएकाले एमालेको मत खेर नजाने बताए । धरानका पूर्व मेयर मनोज मेन्याङ्बो अशोकविरुद्ध बागी उठेका छन् र उनलाई एमालेको कार्यकर्ता पंक्तिले साथ दिएको छ । -नेपालप्रेसबाट

प्रतिक्रिया
सम्बन्धित समाचार