शुक्रबार, अशोज २८, २०७९
सत्ता केन्द्रीत नेताहरुबाट देशको भलो हुने कुनै कामको आशा गर्छ भने त्यो आशा गर्नेकै मूर्खता हो !

सत्ता केन्द्रीत नेताहरुबाट देशको भलो हुने कुनै कामको आशा गर्छ भने त्यो आशा गर्नेकै मूर्खता हो !


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज २८, २०७९

स्थानीय तहको निर्वाचन २०७९ को समाप्तिसंगै देशमा प्रादेशिक र सङ्घीय संसदको चुनावी सरगर्मी बढ्दो छ ।

यहि मङ्सिर ४ गरे हुन् गईरहेकोको प्रादेशिक र सङ्घीय संसदको निर्वाचनमा बिभिन्न दल र स्वतन्त्र व्यक्तिहरुले आआफ्नो एजेन्डा र उद्देश्य राख्दै चुनाबीकुण्डमा होमिसकेका छन् ।

२०४६ सालको परिवर्तनदेखि आजको दिनसम्म कांग्रेस, एमाले, माओबादी, राप्रपालगायतका राजनैतिक दलहरुकै वरीपरी सत्ता घुमिरहेको छ । तर देश र जनताको स्थिति झनझन् नाजुक हुदै गएको छ । यी दलहरुको हर्कतले जनताले २०४६ अघि नै देशको इज्जत मानसम्मान रहेको महसुस गरेका छन् ।

एमाले-कांग्रेसको बिकल्पमा आएका माओबादी , मधेशबादी , राप्रपा लगायतका दलहरु पनि एमालेकांग्रेसकै भ्रष्ट मार्गमा लागेको जनताले भन्दै आएका छन् भन्दा पनि कटु सत्य भएर सबैको अघि उभिएको छ ।

कुर्सी केन्द्रीत राजनीतिको यो माहोलमा मङ्सिर ४ मा हुने निर्वाचनले कुन बाटो लिन्छ त्यसको लागि निर्वाचनको नतिजासम्म पर्खिनै पर्छ ।

निर्वाचनको माहोल र नेपाली राजनीतिको घिनलाग्दो कुर्सी केन्द्रीत राजनीतिलाई व्यंग्यात्मक शैलीले घोचपेच गर्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले २०६८ सालमा ‘कुर्सी’ नामक कृति निकालेका छन् ।

जुन यस प्रकार छ :- ”कुर्सी”

राजनीति साँच्चै भन्ने हो भने कुर्सीकै खेल हो, राजनीतिको उद्देश्य असल खराब, जे गरेर पनि कुर्सी हत्याउनु हो, सत्तामा पुग्न र सत्ता सञ्चालन गर्न पनि आफ्नो पक्षमा बढी कुर्सी चाहिन्छन् अर्थात् आफूसित बढी विधायकहरु चाहिन्छन् ।

जेहोस् कुर्सी हत्याउने खेलमा समस्या के आइपर्छ भने जहिले पनि हत्याउन खोज्नेहरुको सङ्ख्या धेरै हुन्छ र कुर्सीहरु थोरै हुन्छन्, यसर्थ राजनीतिज्ञहरूबीच सधैँ चलाकी कर धोखाबाजी, भ्रम र विभ्रम, धक्कम धक्की र खोसाखोसको घामछाया रंगको खेल भइरहन्छ ।

कसैको टाङमुनि छिरी अर्काको काँधमा चढ्नु र त्यहाँबाट उफ्रेर – कुर्सी माथि बस्नु नै राजनीतिको सार तत्त्व हो । कसैले हाम फालेर बस्न आट्नै लागेको बेला, उसले भुइँमा लम्पसार परी लड्ने गरी कुर्सीलाई अलि वरपर सारिदिनु र त्यसपछि अनेक चाल खेली त्यसै कुर्सीमा आफै ढुक्क भई विराजमान हुनु नै राजनीतिको वास्तविक र महानतम अभ्यास हो ।

राजनीतिज्ञहरु जिन्दगीभरी आँखामा घोडापट्टी बाँधी कुर्सीका वरिपरि रिङ्ने र उचित मौका अर्थात् सङ्केत आएमा झट्ट कुर्सीमा बस्नुबाहेक अरु कुनै काम गर्दैनन्, यदि कसैले उनीहरुबाट देश र समाजको भलो हुने कुनै कामको आशा गर्छ भने त्यो आशा गर्नेकै मूर्खता हो ।

साभार -लोकेन्द्रबहादुर चन्द, कुर्सी, २०६८ बाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट