मङ्लबार, अशोज १८, २०७९
सुनिता राईको ‘तिउरी’ २ लाख राशीको ‘कवि विमल गुरुङ कृति पुरस्कार २०७८को छनौट सूचीमा !

सुनिता राईको ‘तिउरी’ २ लाख राशीको ‘कवि विमल गुरुङ कृति पुरस्कार २०७८को छनौट सूचीमा !


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज १८, २०७९

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार २०७८’ कालागि मंगलबार १० श्रेष्ठ पुस्तकहरु छनौट गरेको छ ।

कवि विमल गुरुङ कृति पुरस्कारकालागि ४० जना लेखक कवि साहित्यकारहरुले ०७८ साल भित्र प्रकाशित भएका आफ्ना कृति दर्ता गरेका थिए ।

छनौट सूचीमा इजरायलमा कार्यरत साहित्यकार सुनिता राई कन्दङ्वाको कथा संग्रह ‘तिउरी’ पनि परेका छ । साहित्यकार राईको कविता सङ्ग्रह ‘एक जुवा घाम’ – सन् २०१८ र कथा सङ्ग्रह ‘तिउरी’ – सन् २०२२ मा प्रकाशित भएको हो ।

पुस्तकालयले गठन गरेको कवि विमल कृति पुरस्कार समितिलाई निर्णायक समितिले १० श्रेष्ठ कृतिको नाम उपलव्ध गराएको हो । पुस्तकालयले नेपालमा मात्र नभएर विदेशमा बसेर नेपालीमा लेखिएका सवै विद्याका पुस्तकलाई पनि मनोनयन खुला राखेको थियो ।

पुस्तकालयका संरक्षक तथा अध्यक्ष पुर्णवहादुर गुरुङकाअनुसार पुरस्कार कवि विमल गुरुङको ५१ औं जन्मजयन्तीका अवसरमा धरान १८ बुद्धचोकस्थित पुस्तकालयमा कात्तिक १९ गते आयोजना हुने ३१ औं राष्ट्रिय कविता महोत्सव–२०७९ मा श्रेष्ठ मध्ये एक पुस्तकलाई प्रदान गरिने छ । पुरस्कार राशी नगद २ लाख र ताम्रपत्र रहको छ ।

छनौट भएका पुस्तकहरु प्रणय शंकरको कविता संग्रह ‘कांसभांडा’, कविता राईको उपन्यास ‘गुरु’, निर्मल तामाङको कविता संग्रह ‘जव हावा चल्छ’, दिलिप बान्तवाको कथा संग्रह ‘ताल्चा’, सुनिता राई कन्दङ्वाको कथा संग्रह ‘तिउरी’, काङमाङ नरेश राईको कविता संग्रह ‘तेप्लायु’, विशाल विश्वकर्माको उपन्यास ‘दार्जिलिङ भर्सेस दार्जिलिङ’, बसन्त बस्नेतको उपन्यास ‘महाभारा’, दिपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ र अर्जुनबाबु माबुहाङ र अमित थेवे मिहाङको इतिहास पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंहका लेखोट’ रहेको अध्यक्ष पुर्णवहादुर गुरुङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार