सोमवार, अशोज १७, २०७९
भीम रावलहरू पनि एमाले छोडेर मेरै पछि लाग्नेछन् : द्वारिकालाल चौधरी (भिडियो)

भीम रावलहरू पनि एमाले छोडेर मेरै पछि लाग्नेछन् : द्वारिकालाल चौधरी (भिडियो)


  • स्वदेश नेपाल
  • सोमवार, अशोज १७, २०७९

नेकपा माओवादीका नेता तथा पूर्वमेयर द्वारिकालाल चौधरीले आफू शंकर पोखरेलले जस्तो विष पिएर एमाले भित्र बस्न नसक्ने बताएका छन् ।

भीम रावलहरु पनि आफ्नो पछि लाग्ने उनको दाबी छ । उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्तरवार्ता दिने क्रममा सो कुरा बताएका हुन्

एमालेबाट मेयर बनेका चौधरी निकै विवादित पात्र हुन् । उनलाई विवादकै कारण नेकपा एमालेले टिकट नदिने भएपछि टिकट सुनिश्चित गर्दै उनी आइतबार माओवादी प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले माओवादीमा आउने सही फैसला लिएको बताएका छन् ।

खुमलटारस्थित निवासमा चौधरीलगायतलाई पार्टीमा भित्र्याउँदै उनले चौधरीको पार्टी प्रवेशले विशेष अर्थ राख्ने दाबी गरे ।

‘पार्टी प्रवेश त धेरै हुने गरेका छन् । तर, आजको यो पार्टी प्रवेशको विशेष वैचारिक सांगठानिक अर्थ र महत्व छ ।

द्वारिक चौधरी इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित हुनुन्छ । क्रान्तिकारी ढंगले उहाँले गर्नुभएको कामले जनतामा आकर्षण बढ्दै गएको छ’, प्रचण्डको भनाइ थियो ।

थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट