आइतवार, अशोज १६, २०७९
उदाहरण बनिए ब्यास ८ का वडा अध्यक्ष, यस्तो छ काम

उदाहरण बनिए ब्यास ८ का वडा अध्यक्ष, यस्तो छ काम

वडाका २० एकल महिलालाई निजी श्रोतबाट दशैं खर्च उपलब्ध गराएर चाडबाड मनाउन सहयोग !


  • स्वदेश नेपाल
  • आइतवार, अशोज १६, २०७९

सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी (कर्मक्षेत्र) रहेको पश्चिमको र्दुगम गाँऊ व्यास नगरपालिकाको वडा नं. ८ का वडा अध्यक्ष युवराज गुरूङले भने देशकै लागि नमूना र जनप्रतिनिधिका लागि उदाहरणीय कार्य गरिरहेका छन् ।

जनसमस्या बुझ्ने र्दुगम गाँऊका वडा अध्यक्ष युवराज गुरूङले जनताका लागि एकपछि अर्को महानता देखाईरहेका छन् ।

दशैंको अवसरमा उनले वडाका २० एकल महिलालाई निजी श्रोतबाट दशैं खर्च उपलब्ध गराएका छन् । वडाका एकल महिलामध्ये आर्थिक अवस्था कमजोर भएका विपन्न अवस्थाका २० महिला दिदीबहिनीहरुलाई आफ्नो पारिश्रमिकबाट चाडबाड मनाउन वडाध्यक्ष युवराज गुरुङ सहयोग गरेको हुन् ।

‘आर्थिक अवस्था कमजोर भएका एकल महिला दिदीबहिनीहरुको जीवनमा पनि चाडपर्वको रौंनक छाउनु पर्छ भन्ने भावनाले उहाँहरुलाई सहयोग गरेको हु ।,’ वडाध्यक्ष युवराज गुरुङले भने, ‘मैले शुरु गरेपछि अरु जनप्रतिनिधिहरुले पनि सहयोग थपिदिनुभयो ।’

उनीसँगै महिला सदस्य विष्णुमाया राना र दलित महिला सदस्य शकुन्तला ठाडा राई समेतले सहयोग गरे । वडा अध्यक्षको सेवाभाव र महानतामा आफुहरु पनि सहभागि हुन पाउदाँ खुशी लागेको, राना र ठाडा राईले बताए ।

यसअघि, यिनै वडा अध्यक्ष गुरुङले वडा कार्यालयमा आउन समस्या हुने वडावासीका लागि पायक स्थानमा सेवा मात्र दिएका थिएनन्, नागरिकता अनुसूची फर्मको लागि सेवाग्राहीले तिर्नु पर्ने शुल्क निःशुल्क गरिदिएका थिए ।

जनताका प्रति समर्पित छु – वडा अध्यक्ष गुरुङ

वडा अध्यक्ष गुरुङले सोल्टी टिभीसँग मोबाईल फोनमा कुराकानी गर्दै वडावासीको सहजता र सुविधाका लागि आफुल गर्न सक्ने समन्वयनकारी भूमिका मात्र खेलेका बताएका छन् । उनले वडामा कमाउन नभई जनताका लागि सेवा गर्न आएकोले वडावासीका लागि नागरिकता अनुसूची फर्मको लागि सेवाग्राहीले तिर्नु पर्ने शुल्क निःशुल्क गरिदिएको र चाडपर्वमा आर्थिक विपन्न महिला दिदीबहिनीहरुलाई सहयोग गरेको बताए । यसअघि, नागरिकताको अनुसूची फर्मको ५० रुपैयाँ लिने गरेको थियो । त्यसबाहेक फर्मको थप १५ रुपैयाँ लिन्थे । विकासबाट पछि परेको वडा नं. ८ तनहुँको दुरगममा पर्छ तर, वडा अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा वडाको विकासन्तोर गर्ने दाबी गरेका छन् ।

सोल्टी टिभीले वडा अध्यक्ष गुरुङलाईे निःशुल्क गर्नु के राजनितिक फाईदाको लागि हो ? यसमा, उनको जवाफ थियो, नेपाली नागरिक हु भनि सरकारी प्रमाणीकरण गरेको पहिलो दिन नै पैसा तिर्दा नेपाली हु भनेर चिनाउन पनि पैसा तिर्नु पर्नेरहेछ भनेर मन दुखी हुने आफैले महशुष गरेकोले नागरिकताको अनुसूची फर्मको ५० रुपैयाँ निःशुल्क गरिदिएको हु ।

उनले थपे, हाम्रो पहिलो आवश्यकता नै नागरिकता हो । त्यो बनाउन पनि पैसा तिरिरहदाँ दुःखी महशुष गरे त्यसैले मेरै कार्यकालबाट निःशुल्क गरिदिएको हु ।

यो शुल्क उनी आफ्नो निजी खर्चमा तिरिदिन्छन् ।

वडा अध्यक्ष गुरुङले वृद्ध भत्ताका लागि पनि वडा कार्यालय पटकपटक धाउनु पर्नेभएकोले त्यो समस्याको पनि समाधान गर्दै वडा नं. ८ वृद्धवृद्धा भत्ता सहज ठाँऊमा उपलब्ध गराईएको छ । बेसीको बाटोका लागि बेसीमा नै र वडा कार्यालयको माथिल्लो भेगको वृद्धवृद्धालाई त्यहीँ दिने गरेको, उनले जानकारी गराए ।

वडाको यस वर्ष एक करौंड पच्चिस लाख बजेट विनियोजित थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट