आइतवार, अशोज १६, २०७९
तरहरामा जातीय सांस्कृतिक प्रर्वद्धन र जगेर्नाका लागि नौंलो शुरुवात, अनेकतामा एकता इटहरी २० को विशेषता !

तरहरामा जातीय सांस्कृतिक प्रर्वद्धन र जगेर्नाका लागि नौंलो शुरुवात, अनेकतामा एकता इटहरी २० को विशेषता !


  • स्वदेश नेपाल
  • आइतवार, अशोज १६, २०७९

तरहरा (इटहरी) । इटहरी उपमहानगरपालिका वडा नं. २० (तरहरा) ले यसै वर्षदेखि विभिन्न जातीय साँस्कृतिक प्रर्वद्धन र जर्गनाका लागि नौंलो शुरुवात गरेको छ ।

अनेकतामा एकता इटहरी २० को विशेषता भनि शुरु गरिएको यो कार्यक्रमका वडा नं. २० का दश जातीय संस्थाहरु आफ्नो जातीय पहिरन (भेषभुषा), परम्परागत पहिचानसहित झाँकी लिएर र्रयालीमा सहभागि थिए । वडा नं. २० मा एकबद्ध भई बस्दै आएका विभिन्न जातजाति सम्वद्ध संस्थाहरुले आ आफ्ना मौलिक संस्कृति प्रर्दशन गरेका थिए ।

स्थानीयस्तरमा जातीय पहिचान झल्किएका मात्र छैनन्, जातीय संस्कृति र परम्पराको प्रर्वद्धन पनि भएको छ ।, कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका उपमहानगरपालिकाका प्रमुख (मेयर) हेमकर्ण पौड्यालले भने, यसले (यो कार्यक्रमले) उहाँहरुको (जातीय संस्थाहरुको) मौलिक पहिचान, परम्परा, संस्कार, संस्कृति र भेषभुषाको जर्गना हुनेदेखि जातीय समुदायमा सद्भाव र एकता कायम गरिएको प्रष्ट हुन्छ । यो उहाँहरुको (विभिन्न जातिका) मात्र नभई मुलुककै पनि अमूल्य सम्पत्ति हो । यसकारण यसका संरक्षण स्थानीय सरकारको पहिलो दायित्व हो ।

 

मेयर पौड्यालले मौलिक, परम्परागत र संस्कृतिले भरिपूर्ण समाज र जातीय समुदायको भावनामा एकता भए सुन्दर समाज निमार्ण गर्न सकिने धारणा राख्दै त्यसले सामाजिक सद्भाव कायम हुने र अन्ततः राष्ट्रिय एकतालाई बलियो बनाउने बताए ।

सोही कार्यक्रममा विशिष्ठ अतिथि समेत रहेका इटहरी प्रहरी प्रमुख खगेन्द्र खड्काले अपराध नियन्त्रणमा समाजको पनि साथ चाहिएको बताए ।

कार्यक्रम संयोजक तनुज (सुरेश) गुरुङका अनुसार, कार्यक्रममा दश जातीय संस्थाहरुको सहभागित थियो । सबैलाई सम्मान पत्र, मायाको चिनो र नगद ३५ सय प्रदान गरियो । सहभागि संस्थाहरुमा तमु ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय परिषर्दका लागि गुरुङ गुम्बा, संयुक्त खस क्षेत्री एकता समाज, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल मगर संघ, ब्राह्मण समाज, थारु कल्याण समाज, नेपाल तामाङ घेदुङ, नेपाल दशनामी समाज र नेवाः खलः थिए ।

संस्कृति जगेर्ना गर्नका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने भएता पनि सिंगो समाजले पनि यसका निम्ति सहयोगी भूमिका खेल्नु पर्ने बताउदै कार्यक्रमका सभापतित्व समेत गरेका वडा नं. २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले स्थानीय विभिन्न जातजातिका संस्कार, संस्कृति, परम्परा, भाषा, भेषभूषालाई लोप हुन नदिनका लागि वडाले यो कार्यक्रमको शुरुवात गरेका बताए ।

वडामा पाँच वर्ष बिताईसकेका श्रेष्ठ स्थानीय तह सदस्य निर्वाचनमा दोस्रो पटक विजयी प्राप्त गर्दै दोस्रोपटक वडा अध्यक्ष बनिएका हुन् । यसअघि उनको वडामा यस्ता कार्यक्रम गरिएको थिएन् । यसै वर्षदेखि उनले यो कार्यक्रम शुरु गरेका हुन् । कार्यक्रम संयोजक समेत रहेका वडा सदस्य गुरुङले यो कार्यक्रम वार्षिक गरिने जानकारी दिएका छन् ।

गुरुङले कार्यक्रम गर्नुको मूल उद्देश्य विभिन्न जातजातिका कला, संस्कृति र मौलिक पहिचानलाई सम्मान गर्दै तिनको रक्षा गर्नु रहेको बताए ।

वार्ड नं २० मा धेरै जातजाती बसोबास गरिरहेका अवस्थामा । संयोजक एवम् वडा सदस्य गुरुङले भने एकअर्कामा जातीय सद्भाव कायम राख्दै समुन्नत समाज निमार्णमा लाग्नु पर्ने भनि सचेतना फैलाउन समेत यो कार्यक्रम गरिएको हो ।

उनको अनुसार, संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न मद्दत गर्ने भएकोले वडाले यो कार्यक्रम निरन्तर वार्षिक रुपमा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार