बिहिबार, अशोज १३, २०७९
इजरायलमा नेपाल सम्बत् ११४३ र ‘म्ह: पुजा’ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुने

इजरायलमा नेपाल सम्बत् ११४३ र ‘म्ह: पुजा’ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुने


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज १३, २०७९

काठमाडौं । ‘कछलाथ्व पारु’ ‘म्ह: पुजा’ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।

आफ्नो मौलिक भाषा, लिपि, धर्म ,कला संस्कृति, भेषभूषा, नेवा: पहिचान साथै चाड पर्बहरुको संरक्षण एबं संबर्द्धन गर्नु पर्छ भन्ने मुख्य उद्देश्यका साथ २०१० सालमा स्थापीत हाम्रो गौरबमय खल: राष्ट्रीय नेवा: खल: इजरायलद्वारा आगामी इस्बी सम्बत् २०२२ अक्टोबर २६ तारिख बुधबार,नेपालको राष्ट्रिय सम्बत् “नेपाल सम्बत् ११४३” पहिलो दिन ‘कछलाथ्व पारु’ ‘म्ह: पुजा’ बुधबार परेकाले सोहि दिन उक्त कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम ईजरायलको तेलविव स्थित एभरेष्ट डिस्को हल (ताखाना मार्काजित) तेश्रो तलामा हाम्रो मौलिक एवं सांस्कृतिक राष्ट्रिय पर्ब ‘स्वन्ति नख: म्ह: पुजा, न्हू दँ ११४३ भिन्तुना’ शुभकामना आदान-प्रदान, साथै मनोरंजनात्मक सांगितिक कार्यक्रमको साथै ‘धमका भाग्यशाली चिट्ठा’ को साथमा भब्य रुपमा हुँदै छ ।

उक्त कार्यक्रममा इजरायलमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई सहभागी भइदिन आयोजक संस्थाका महासचिव प्रकाश श्रेष्ठले विज्ञप्तीमार्फत अनुरोध गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार