मङ्लबार, अशोज ११, २०७९
अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ नेपाल आउँदै


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ११, २०७९

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो दुई दिने नेपाल भ्रमणको लागि भोलि नेपाल आउँदै छिन् । नेपालमा दुई दिनसहित १२ दिन लामो यात्रामा उनले यूएई, उज्बेकिस्तान र किर्गिज रिपब्लिकको भ्रमण गर्नेछिन् ।

विश्वव्यापी सार्वजनिक मामिला हेर्ने ट्रुडो चीनका सभामुख ली चान्सु फर्केको दुई हप्तामै बुधबार नेपाल भ्रमणमा आउन लागेकी हुन् । उनको भ्रमणलाई कूटनीतिक मामिलाका जानकारहरूले अर्थपूर्ण रुपमा हेरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै ट्रुडोको नेपाल भ्रमणबारे जानकारी दिएको हो । ट्रुडोले भ्रमणमा रहँदा रुस र चीनबाट दिने मिथ्या सूचनाको प्रतिरोध, अफगानिस्तानका जनतालाई जारी अमेरिकी समर्थन, सामाजिक समानता, प्रेस स्वतन्त्रता र वातावरणलगायत अमेरिकी कूटनीति र सन्देशहरूलाई प्राथमिकता दिनेछिन् ।

कार्यवाहक सहायक सचिव ट्रुडोले नेपालमा रहँदा अल्पसंख्यक समूहका अभियन्ताहरू, पत्रकारहरू र मिथ्या सूचना तथा लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार