सोमवार, अशोज १०, २०७९
२० वर्षदेखि बन्द रहेको इटहरीकै पहिलो पत्रिका सप्तकोसी पुन: दैनिक प्रकाशनमा आउने !

२० वर्षदेखि बन्द रहेको इटहरीकै पहिलो पत्रिका सप्तकोसी पुन: दैनिक प्रकाशनमा आउने !


  • स्वदेश नेपाल
  • सोमवार, अशोज १०, २०७९

इटहरीकै पहिलो पत्रिका सप्तकोसी अब दैनिक प्रकाशनमा आउने भएको छ । इटहरीकै पहिलो पत्रिका सप्तकोसीको नमुना अङ्क हिजो आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनीकिकरण गरिएको छ ।

२०३९ सालदेखि साप्ताहिक रुपमा प्रकाशन शुरु भएको इटहरीको पहिलो तथा सुनसरीको ५औँ पत्रिका सप्तकोसी बीस वर्ष नियमित प्रकाशन भएर २० वर्षदेखि प्रकाशन बन्द अवस्थामा रहेको थियो । पत्रकारिता क्षेत्रमा लामो इतिहास बोकेको उक्त पत्रिकालाई प्रस्तावित इटहरी साझा सञ्चारगृहले पुनः नियमित रुपमा दैनिक पत्रिकाको रुपमा प्रकाशनमा ल्याउन लागेको हो ।

आइतवार इटहरीमा आयोजित नमुना अङ्क सार्वजनिकीकरण कार्यक्रममा पत्रकार नारायण वाग्ले, नेपाल विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, सप्तकोसीका प्रथम सम्पादक/ प्रकाशक कृष्ण अधिकारी, शिक्षाविद् लेखनाथ घिमिरे, १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतो सहित उपस्थित सबैले पत्रिकाको सार्वजनीकिकरण गरेका थिए ।

सत्य सूचनाको साझा स्रोत भन्ने मूल नाराका साथ प्रकाशन शुरु गर्न लागेको पत्रिकाको सम्पादकको रुपमा मोहन ढुङ्गेल रहेका छन् भने कार्यकारी सम्पादकको जिम्मेवारी सुविद गुरागाईले सम्हाल्दै छन् । दुबैजनासँग यस अघि विभिन्न ठूला राष्ट्रिय दैनिकहरुमा सम्पादकीय जिम्मेवारी सम्हालिसकेको अनुभव छ ।

कार्यक्रममा पब्लिक कम्पनीको रुपमा दर्ता प्रकृयामा रहेको इटहरी साझा सञ्चारगृहको परिकल्पना गर्दै मुर्त रुप दिन अहोरात्र खटेको भन्दै कार्यकारी सम्पादकको भूमिकामा रहेका सुविद गुरागाईलाई संस्थाले सम्मान समेत गरेको थियो ।

-न्यूज पार्क बाट

प्रतिक्रिया
सम्बन्धित समाचार