बिहिबार, अशोज ६, २०७९
विषयगत शिक्षक नहुँदा देशभर ४० लाख विद्यार्थी मर्कामा

विषयगत शिक्षक नहुँदा देशभर ४० लाख विद्यार्थी मर्कामा


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज ६, २०७९

काठमाडौं । देशभरका सामुदायिक विद्यालयले दरबन्दी अनुसारको शिक्षक नपाउँदा पठनपाठन प्रभावित भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभर ५३ हजार शिक्षक दरबन्दी अपुग छ ।

अँग्रेजी, नेपाली, विज्ञान लगायत विषयका शिक्षक आवश्यकता अनुसार छैनन् । जसले देशभरका विद्यालयमा शिक्षक दरबन्दी मिलानमा समस्या भएको छ, भने विद्यार्थीले पनि विषयगत शिक्षक पाएका छैनन् ।

जनकपुरधाम उपमहानगरपलिका वडा नम्बर १७ को कनकपट्टी गाउँका विद्यार्थी पनि त्यस्तै समस्या भोगिरहेका छन् । शिक्षक अभावकै कारण विद्यालयमा नियमित पठनपाठन नहुँदा एसइइ परीक्षामा सोचेजस्तो नतिजा नआएको विद्यार्थी विवेक साहले बताउनुभयो । तर पनि स्थानीय सरकारले चासो नदिएको अभिभावक फुलमति पासवानले गुनासो गर्नुभयो । कनकपट्टीबाट जनकपुरधाम उपमहानगरपालिका ११ किलोमिटरको दूरीमा छ ।

विषयगत शिक्षक अभावबारे स्थानीय सरकार जानकार भएपनि समस्या समाधानमा चासो देखाएको छैन । उपप्रमुख किशोर साहले जनप्रतिनिधिबीच नै मत बाझिएका कारण यो समस्या समाधान हुन नसकेको बताउनुभयो ।

शिक्षक अभावसँगै स्थानीय सरकारहरूले भएकै शिक्षकलाई पनि व्यवस्थित तरिकाले दबरन्दी मिलान गर्न सकिरहेका छैनन् । जसको प्रत्यक्ष मारमा झण्डै ४० लाख विद्यार्थी परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट