मङ्लबार, अशोज ४, २०७९
इजरायलमा कार्यरत देव बाँसकोटाद्धारा आफ्नो जन्मदिनको अवसरमा रु. ४० हजार बराबरको फिल्टर प्रदान

इजरायलमा कार्यरत देव बाँसकोटाद्धारा आफ्नो जन्मदिनको अवसरमा रु. ४० हजार बराबरको फिल्टर प्रदान


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ४, २०७९

प्रकाश पाक्साँवा / तेह्रथुम ३ असोज

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ओयाक्जुङमा जन्म भई हाल ईजराईलमा कार्यरत देव बास्कोटाले आफ्नो जन्मदिनको अवसरमा जन्मभूमिको लागि २६ थान खानेपानी फिल्टर प्रदान गरेका छन् ।

बास्कोटाले आफ्नो ३६ औ जन्म दिनको अवसरमा तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ हमरजुङमा रहेको चाङसिङ जोरधारा टोल विकास समितिका २६ घरलाई खानेपानी फिल्टर प्रदान उपलब्ध गराएका छन् ।

छथर गाउँपालिकाको अध्यक्ष सन्तोष तिगेलाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच बाँस्कोटाले रु ४० हजार बराबरको फिल्टर प्रदान गरेका छन ।

समाजको लागि केही गर्नु पर्छ भन्ने उदेश्यका साथ प्रवासमा रहेर पनि समाजसेवामा कृयासिल बास्कोटालाई गाउँपालिका अध्यक्ष तिगेलाले ससम्मान धन्यबाद दिदै प्रसंसा गरेका छन ।

चाङसिङ जोरघारा गडी टोल विकास समितिद्धारा आयोजित फिल्टर प्रदान कार्यक्रममा छथर गाउँपालिका २ का वडाध्यक्ष कुलबहादुर लिम्बु,६ नम्बर वडा अध्यक्ष महेन्द्र मादेन, बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन् संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी लगायतको उपश्थिती रहेको थियो ।

बास्कोटाले बिभिनन् समस्यामा पर्दै आएका विपन्न तथा गरिव परिवारलाई सहयोग गर्दै आएका छन । टोल विकास समितिका अध्यक्ष प्रकाश पाक्साँवाको अध्यक्षतमा रहेको कार्यक्रमको सञ्चालन तेजकुमार लिम्बुले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट