शुक्रबार, भदौ ३१, २०७९
गरिब बाबुले पैसाको अभाबमा सानो छोरालाई दशैँमा मासु खुवाउँन सकेन, हेर्नुहोस् ‘दशैं’ टेलिफिल्म

गरिब बाबुले पैसाको अभाबमा सानो छोरालाई दशैँमा मासु खुवाउँन सकेन, हेर्नुहोस् ‘दशैं’ टेलिफिल्म


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ३१, २०७९

महजोडीको द्धारा निर्मित र निर्देशित ‘दशैं’ टेलिफिल्म महान् चाड दशैंको सेरोफेरोमा आधारित रहेर बनाईएको हो।यो टेलिफिल्मले दशैं चाडमा गरिबले दशैं मनाउँन नसक्दाको पिडालाई अत्यन्त मर्मस्पर्शी हिसाबले देखाईएको छ।

टेलिफिल्ममा हाँस्यब्यंगका साथैं कमजोर आर्थिक अबस्था भएको सरकारी कार्यालयको पियनले दशैं मनाउँन नसकेको अबस्थालाई देखाएको छ।मदनकृष्ण श्रेष्ठ भ्रष्ट सरकारी अधिकारी हुन्छन् भने हरिवंश आचार्य कमजोर आर्थिक अबस्थाका सरकारी कार्यलयका पियन हुन्छन्।

गरीब पियनको घरमा भाग्यबस् खसी पर्छ। त्यो पनि दशैंको मुखैमा। छोरा फुरुङ्ग अनि श्रीमती दङ्ग। खसी भित्रिएपछि अरु अभाव गौण लाग्छ।तर, नियत्, बस् पियनको खसी चोरी हुन्छ। चोर चाहिँ उनकै हाकिम।

 

खसी चोरी भयो तर दशैंमा खसी त काट्नै पर्छ भन्ने छोराको जिद्दी टार्न सकेनन्। त्यसैले खसीको खोजीमा हिँडेका पियनले मन्दिरमा चढाएको बोका भेटे। त्यसैलाई डोहोर्‍याएर घर पुर्‍याए। चढाएको बोका चोरीको आरोप लाग्ने डरले कालो रङ्गले रङ्गाइदिए बोकालाई।रङ्ग दलेर काट्न ठिक्क पारिएको मन्दिरको खसी भेटिएपछि दशैंको दिनमै हाकिमको घरबाट निकालिएको दृश्य एकदमै भावुक गराउँछ।

हेर्नुहोस् महान् चाड दशैंको सेरोफेरोमा रहेर निर्माण गरिएको महजोडीको चर्चित दशैं टेलिफिल्म।

प्रतिक्रिया
सम्बन्धित समाचार