शुक्रबार, भदौ ३१, २०७९
पेटको समस्या भएकाहरुको लागी बन्दागोभी एकदमै लाभदायक

पेटको समस्या भएकाहरुको लागी बन्दागोभी एकदमै लाभदायक


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ३१, २०७९

बन्दागोभी तपाई हाम्रो घर वरिपरि सजिलै पाइन्छ । तपाईलाई थाहा नहुन सक्छ यसका फाइदाका बारेमा । हरियो तरकारीमा बन्दागोभी खानु धेरै नै फाइदादायक मानिन्छ ।

यसमा कयौं यस्ता गुण छन जसले हाम्रो शरीरलाई स्वस्थ राख्दछ । बन्दागोभीले पेटलाई सफा गर्छ अर्थात कब्जियत भगाउनलाई सहयोग गर्दछ । बन्दागोभी तरकारीको अतिरिक्त सलादको रुपमा पनि खान सकिन्छ ।

बन्दागोभीमा भएको सुक्ष्म तत्वले शरीरमा पाइने विषयुक्त पदार्थलाई बाहिर निकाल्न तथा शरीरको पाचन प्रणालीलाई मजबुत राख्नमा मद्दत गर्दछ । बारीबाट भर्खर ल्याएको ताजा बन्दागोभिमा नुन, मरीच तथा कागतीको रस मिसाएर दिनहुँ बिहान खाली पेटमा खाएमा २ देखि ४ हप्तामा तपाईको कब्जियतको समस्या समाधान हुन्छ ।

ताजा बन्दागोभीको रसमा भिटामिन यू नामक एक यस्तो दुर्लभ भिटामिन पाइन्छ, जुन अल्सरलाई प्रतिरोध गर्ने पदार्थ पनि हो । बन्दागोभीको रस पिउनाले पेप्टिक अल्सर अर्थात पेटको घाउ ठिक हुन्छ । भिटामिन यू को यू अक्षर ल्याटिन भाषाको शब्द ुयलसबाट लिइएको हो , यसको अर्थ अल्सर हुन्छ ।नियमित रुपमा दिनहुँ बिहान बेलुका एक एक कप ताजा बन्दागोभीको रस पिउनाले अल्सरको बिरामीलाई धेरै नै फाइदा हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार