बिहिबार, भदौ ३०, २०७९
राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा पानस इजरायलको प्रशिक्षण कार्यक्रम सम्पन्न

राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा पानस इजरायलको प्रशिक्षण कार्यक्रम सम्पन्न


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ ३०, २०७९

काठमाडौं । प्रवास संगठन प्रवासी नेपाली एकता सामाज (पानस) इजरायलको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । यहि भदौ २६ गतेका दिन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

महामन्त्री रामगोपाल भण्रीको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षलगाएत प्रवास विभाग प्रमुख आनन्द अधिकारी, प्रवास विभाग सदस्य सचिव सन्तोषी शाही र प्रवास विभाग सदस्य शिदार्थ कन्दंग्वाले राप्रपाको प्रमुख एजेन्डाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा पानस इजरायलको कार्यसमिति साल्लाहाकर र विभाग प्रमुखहरुको भर्चुअल उपस्थितिमा पानस इजरायलको तर्फबाट संस्थापक संरक्षक रमेश शर्मा, वरिष्ट उपाध्यक्ष सुमन तिमल्सेना, एनआर एन माहासचिव तथा पानस इजरायलका वरिष्ट सल्लाहाकार श्री कृष्ण भण्डारी ,एनआर एन इजरायलका अध्यक्ष तथा पानसका सल्लाहकार गणेश गिरी,धार्मिक सल्लाहकार भिम पौडेल र पानस परोपकारी विभाग प्रमुख पबित्रा गौतमले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

पानस इजरायलका अध्यक्ष एनबी बस्नेत (अर्जुन) ले युवाअवस्थाको कमाइ बुढ़ेसकालको साहारा नारालाई चुनाबी घोषणापत्र समावेश गर्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट