बिहिबार, भदौ २३, २०७९
इजरायलमा हुने ‘मंगोलियन हार्ट’ लाईभ साँझको सम्पूर्ण तयारी पुरा, सहभागिताको लागि राजु लामाको भिडियो अपिल

इजरायलमा हुने ‘मंगोलियन हार्ट’ लाईभ साँझको सम्पूर्ण तयारी पुरा, सहभागिताको लागि राजु लामाको भिडियो अपिल


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ २३, २०७९

यहि सेप्टेम्बर १६ तरिखका दिन इजरायलमा हुन् गैईरहेको ‘मंगोलियन हार्ट’ लाईभ ब्याण्ड सांगितिक साँझको सम्पूर्ण तयारी पुरा भएको छ ।

कार्यक्रम संयोजक बीबी लामा तामाङका अनुसार नेपाल तामाङ घेदुङ इजरायलले २०१८ मा स्थापना गरेको ‘तामाङ शैक्षिक अक्षयकोष’ वृद्धि गर्ने मुख्य उदेश्यले गर्न लागेको उक्त सांगितिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैईसकेको छ ।

आयोजक संस्थाका अनुसार सांगितिक साँझको लगभग सम्पूर्ण टिकटहरु बिक्रि भैईसकेकोले कार्यक्रम हलमा पुगेर टिकट लिन सम्भव नभएको हुदा इच्छुक दर्शकहरुले अहिले नै आयोजक संस्थासंग सम्पर्क गरेर टिकटबारे बुझ्नु हुनु नेपाल तामाङ घेदुङ इजरायलले अनुरोध गरेको छ।

तामाङका अनुसार तामाङ शैक्षिक कोष अभिवृद्धि सह्योगार्था कार्यक्रम भएकोले इच्छुकहरुले स्वइच्छा सहयोग गर्न सक्ने र सहयोगी मनका धनीहरुलाई ल्होछार कार्यक्रममा सम्मान गरिने कार्यक्रम छ ।

आयोजक संस्थाले उक्त दिन सबै नेपाली तथा नेपालीभाषी सहयोगीमनहरुलाई सहभागिताको लागि अपिल गरेको छ ।

गायक राजु लामाले पनि उक्त दिन समय मिलाएर कार्यक्रममा आइदिनु सबैमा भिडियो सन्देश मार्फत अपिल गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार