शुक्रबार, भदौ २४, २०७९
जनवादी क्रान्ति र गणतन्त्रको खाष्टो ओढाउने भाषण

जनवादी क्रान्ति र गणतन्त्रको खाष्टो ओढाउने भाषण


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ २४, २०७९

पामेल उपाध्याय-अरबको मरुभूमिमा झार उमार्नेहरुदेखी लिएर इजरायलको मरुभूमिमा सब्जी फलाउनेहरु हो, दत्तचित्त भएर लाग। केही गरौँ र बोलौँ भन्नेहरु ब्यस्तछन् झार उमार्न अनि सब्जी फलाउन। बचेकाहरु सबै स्वदेशमा ती पनि पार्टीका नेता र कार्यकर्ता। बिदेशमा किन आत्तिञ्छौं। तिम्रा पौरखी हात हरुले स्वदेशी माटोमा नङ्ग्रा खियाउन नपाए पनि बिदेशी बालुवामा पैताला खियाउदै पसिना र रगत एकैसाथ बगाएर रेमिटेन्स पठाउन पाएकै छौँ। मरेका माञ्छे हरुको लास को सुगन्धमा रमाएर क्रान्ति को बेमौसमी सुरिलो सुर र ताल बजाउने हामी हरुले प्रत्येक पाँच वर्षमा १७अर्व खर्चेर बनाएको जनवादी संरचना को अवमूल्यन गर्दै किन मात्तिञ्छौं !

नेपाल भारत नयाँ क्रान्ती सुरुङ्ग युद्धै मा, रुकुम रोल्पा जाउँला कान्छी बुलेट ट्रेनैमा भन्दै नाचेका थियौँ। शीर ढलेर रक्ताम्म हुँदा सम्म मुठ्ठि उझाई कसम खाई सलाम ठोकेका थियौँ। सोभियत, चिनियाँ र कोरियाली क्रान्ति बिर्साउने माहान क्रान्ति थालेका थियौँ। छातिभरी बोकेर छर्‍रा निस्फिक्री जिवनयापन गरिरहेका छौँ। के यी माहान उपलब्धी होइनन् र हाम्रा लागी? परिवार र आफन्त हरुको लागी? केही थान बुद्धिजिवि हरुको लागी? आसेपासे झोले भरौटे र हनुमान हरुको लागी? भविष्य नै नभएको योजना को लागी? समग्र यो मुलुक को लागी? यश बिषयमा प्रतिवाद नगरे हुञ्छ। कसैले फुलि लगाईदिदैन।

दान दक्षिणा पुराण र सहयोग ले अस्पताल र स्कुल निर्माण गरौला। भिख मागेरै भएपनी बाटोघाटो बिजुलीबत्ती ओखती को जोहो गर्दै संघियता को बार्दलिमा देउडा गाउदै नाचौला। यत्ति र ओम्निको गुफाभित्र पलेटी मारी उखान तुक्का र चुड्किला भन्दै दुनियाँ हसाउँला। भिजनरी भनिएका युवा नेताले भनेझै अमेरिका ले यति दियो, चिन सङ्ग त्यती मागौला। भारत जाऔं र उति मागौला अनि भिखारी मानसिकता लाई आश्रय दिउँला। आउदो पुस्तालाई यस्तै शिक्षा दिई माहाभिखारी बनाउँला। गरेर होइन मागेर बाच्नु पर्छ भन्ने चेतना जगाउँला। जनता लाई निकम्मा बनाएर जीवनभर सत्ता को रसपान स्वाद लिदै बाँचौला।

सरकारी बिकास रकम अनुत्पादक (भ्यू टावर) हावा घर मा लगानी गरि, छत मा बसि टिकटक बनाउदैं चाईनाको ग्रेटवाल हेरौला। सगरमाथा र गौरीशंकर दुईवटा आँखा ले एकै चोटि निहालौला। सकेसम्म मुठ्ठी उझाई कुम्भकर्ण, लोत्से, कञ्चनजंघा, मनास्लु र उत्तरी हिमशृङ्खला का गगनचुम्वी हिमालहरु सङ्ग सेल्फी खिचौला। समय निकालेरै भएपनी त्यहीँ बाट चन्द्रमा पुगेर निल आर्मष्ट्रङ्ग को पाईतालाको धुलो पृथ्वी मा ल्याई अविर जात्रा गर्दै जनवादी क्रान्ति र गणतन्त्र एकैसाथ सफल भएको उद्घोष गरौला। त्यती ले नपुगे त्यहीँ हावा घर बाट तल हेर्दै भोका नाङ्गा दरिद्र रोगी असाहय वृद्ध हरुको रोदन मा रमाउदै फेरि क्रान्ति को नयाँ खाका तैयार पारौला।

प्रतिगामी शक्ति मूर्दावाद। अग्रगामी छलाङ्ग जीन्दावाद। बाँकी रह्यो स्खलित प्रजातान्त्रिक समाजवाद। संसारभरिका बतासे तन्त्र र वाद। म देखि बाहेक जम्मै खराब। मैले कलिकती समय बढी लिए त्यसको निम्ति क्षमा प्रार्थी छु। बिकास को नाममा अरु भन्दा म सधै एक्लो र स्वार्थी छु। बिदेश गएका हरु दुई बर्षमा टिकट पाउछन् र त आउदैनन् म यहीँ राजधानी मा हुञ्छु पाँच बर्ष भित्रमा अवस्य आउनेछु।

यो समय भाषण को लागी हो। बाँकी समय शासन को लागी। वृद्ध लाई भत्ता हामी लाई सत्ता सधै अपुग हुञ्छ। पहिला को घोषणा पत्र अर्कै अध्यक्ष हुँदा को। अहिले को घोषणा पत्र बेग्लै अध्यक्ष को। समय अभाव को कारण बिकासका नारा र रोजगारीका कुरा चुनाव ताका गरौला। यति भन्दै मेरा दुई शब्द यहीँ टुङ्गयाउछु। जय सलाम त्यसमा पनि क्रान्तिकारी। सबैको जयहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट