शुक्रबार, भदौ २४, २०७९
इजरायलमा महाकवि सिद्धिदास महाजुको १५५ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम हुने

इजरायलमा महाकवि सिद्धिदास महाजुको १५५ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम हुने


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ २४, २०७९

नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५४ औँ जन्मजयन्तीको अवसरमा नेपाल सम्बत ११४२ यंलगा द्वितीया तदनुसार बिस २०७९ भदौ २७ गते सेप्टेम्बर २२ तारिखका दिन राष्ट्रिय नेवा: खल: इजरायलले आयोजनामा एक बिशेष साहित्यिक कार्यक्रम गर्दै छ ।

५० ओटा पुस्तक दिएर नेपाल भाषाको उत्थानका लागि ठूलो गुन लगाउने काम गरेका सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जन कण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुख दुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जन हृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाशलगायतका कृति प्रकाशित छन् ।

राष्ट्रिय नेवा: खल: इजरायलले आयोजना गर्न लागेको अनलाइन साहित्यिक कार्यक्रममा आ-आफ्नो मौलिक मातृभाषामा साहित्यिक रचनाहरुको साथमा सहभागि हुन् सकिने छ ।

सहभागी हुन् चाहनेहरुले आ-आफ्नो साहित्यिक रचनाहरु नेवा: खल: इजरायलको ईमेल आइडिमा पठाउन सकिने छ ।संस्थाको मेल आइडी तल फोटोबाट लिन सकिने छ । अनलाइन मार्फत हुने उक्त कार्यक्रममा सहभागी भईदिनको लागि आयोजक नेवा: खल: इजरायलले सबैमा अपिल गरेको छ ।

यस्तो छ संस्थाद्वारा जारी सूचना

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट