काठमाडौं । साहित्यिक पत्रिका वैजयन्ती स्रष्टा सम्मानले दुर्गाकिरण तिवारीलाई सम्मानित गरेको छ ।
शव्दार्थ प्रकाशनको १८औँ वर्ष प्रवेशको उपलक्ष्यमा वैजयन्तीले हरेक वर्ष प्रकाशित विशेषाङ्कका एकरएक श्रेष्ठ रचनालाई प्रदान गरिँदै आएकोमा यस वर्ष तिवारीलाई सम्मानित गरेको हो ।
काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा गरिएको कार्यक्रम प्रमुख अतिथि महेश्वर शर्मा र ठाकुर शर्मा भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । आफ्नो पुस्तक आफै लोकार्पण भन्ने अभिव्यक्तिका साथ ७ स्रष्टाका ८ पुस्तक लोकार्पण पनि गरेको छ ।
पुस्तकहरू निम्नलिखित हुन्:
(१) कृति परिक्रमा–समालोचनासङ्ग्रह (उत्तमकृष्ण मजगैयाँ),
(२). स्मृति र अनुभूति–संस्मरणसङ्ग्रह (उत्तमकृष्ण मजगैयाँ),
(३) अमृत वाणी–वाणीसङ्ग्रह (गोकुल खड्का),
(४) पुनर्मुषिको भव–उपन्यास (गोविन्द घिमिरे ‘वेदमणि’),
(५) गजल र बहर–गजल सिद्धान्त (डा.घनश्याम न्यौपाने परिश्रमी),
(६) ज्याकारान्डाको शहर (लक्ष्मी श्रेष्ठ ‘रेशमी’),
(७) एकान्तवास–बालकथासङ्ग्रह (सुरेन उप्रेती),
(८) हिउँ चुलीको हिउँ–बालकवितासङ्ग्रह (हरि कट्टेल) ।
उक्त कार्यक्रममा विधा केन्द्रित साहित्यिक पत्रिका वैजयन्तीले हरेक वर्ष प्रकाशित विशेषाङ्कका एक एक श्रेष्ठ रचनालाई प्रदान गरिँदै आएको वैजयन्ती स्रष्टा सम्मान वर्ष ०७६–०७८ का स्रष्टा साहित्यकारहरू माधव पोखरेल ‘गोज्याङ्ग्रे’, शीतल गिरी, आत्माराम खरेल, दुर्गाकिरण तिवारी, डा.रमेश शुभेच्छु, विनोद नेपाल, सूब सेन, विष्णुप्रसाद शर्मा पराजुली, ज्ञान उदास, डा.विष्णु के.सी., लक्ष्मण अर्याल, प्रह्लाद पोखरेल, हरि पाण्डे ‘पथिक’, बालकृष्ण भट्टराई, जनक वाग्ले, खगेन्द्र खोल्साघरे, रासा, रूद्र ज्ञवाली समेत १८ स्रष्टालाई एकसाथ सम्मान पनि गरिएको थियो ।
साहित्यकार तिलस्मी प्रभासद्वारा सञ्चालित उक्त कार्यक्रममा समालोचक तथा वैजयन्तीका सम्पादक ठाकुर शर्मा भण्डारी, निबन्धकार महेश्वर शर्मा तथा वैजयन्ती पत्रिकाका निर्देशक साहित्यकार विनयकुमार शर्मा नेपालले सम्मान तथा कृतिका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । पुस्तकहरूको बारेमा साहित्यकार डा.रमेश शुभेच्छुले प्रकाश पार्नुभएको थियो ।