मङ्लबार, साउन ३१, २०७९
राष्ट्रिय परिचय पत्र बनाउनका लागि थप स्थानबाट सेवा सुरु

राष्ट्रिय परिचय पत्र बनाउनका लागि थप स्थानबाट सेवा सुरु


  • स्वदेश नेपाल
  • मङ्लबार, साउन ३१, २०७९

काठमाडौं । सरकारले नागरिकको डिजिटल पहिचान स्थापित गर्न भन्दै राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएपनि त्यसको व्यवस्थापन गर्न नसक्दा सेवाग्रहीले सास्ती खेप्नु परेको छ ।

२०६६/०६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नेपालीलाई राष्ट्रिय परिचयपत्रका रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको ‘बायोमेट्रिक स्मार्ट कार्ड’ व्यवस्था गरिने घोषणा भएको थियो ।

अहिले नयाँ राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्रका लागि सेवाग्राही घण्टौँसम्म लाईन बस्नुपर्ने अवस्था छ । त्यससँगै प्रक्रियासमेत झञ्झटिलो भएको सेवाग्राहीको गुनासो छ ।

यसको व्यवस्थापनका लागि थप स्थानबाट काम सुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सुचना अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
उहाँले सरकारले सेवाग्राहीको यो समस्या समाधानका लागि अत्यावश्यक भएका सेवाग्राहीलाई ध्यानमा राखेर उपत्यकाका विभिन्न स्थानबाट परिचयपत्र बनाउन सकिने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका लगायतका स्थान तथा उपत्यकामा राष्ट्रिय सभा गृहबाट पनि सेवा सुरु भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट