बुधबार, साउन २५, २०७९
के तपाइलाई थाहा छ धेरै रिस उठ्ने व्यक्तिको मृत्यु चाँडै हुन्छ ?

के तपाइलाई थाहा छ धेरै रिस उठ्ने व्यक्तिको मृत्यु चाँडै हुन्छ ?


  • स्वदेश नेपाल
  • बुधबार, साउन २५, २०७९

एजेन्सी । भन्ने गरिन्छ नि रिस खा आफु बुद्दी खा अरु चलन विविधता नै छ । रिस उठ्ने बानि स्वास्थ्याको लागि पनि नराम्रो पक्ष हो । हाम्रो दैनिक जिवनका स–साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ ।

आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको भेटाएको छ । रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन , जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् ।

रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ । धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ ।

धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ् अनुसन्धानले देखाएको छ । बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट