बुधबार, साउन २५, २०७९
इजरायलको लागि नवनियक्त नेपाली राजदूत रिजालले बुझाईन ओहोदाको प्रमाणपत्र (फोटोफिचर)

इजरायलको लागि नवनियक्त नेपाली राजदूत रिजालले बुझाईन ओहोदाको प्रमाणपत्र (फोटोफिचर)


  • स्वदेश नेपाल
  • बुधबार, साउन २५, २०७९

जेरुसलेम – इजरायलका लागि नवनियक्त नेपाली राजदूत कान्ता रिजालले इजरायलका राष्ट्रपति इसाक हेर्जोकसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छिन्।

जुलाई १४ मा आफ्नो पदभार ग्रहण गर्न इजरायल आइपुगेकी नवनियक्त राजदूत रिजालले हिजो मङ्गलबार अगस्ट ९ तरिखाका दिन राजधानी जेरुसलेममा आयोजित कार्यक्रममा राष्ट्रपति हेर्जोकसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेकी हुन्।

गत असार १२ गते देउवा सरकारको सिफारिसमा संविधानको धारा २८२ को उपधार (१) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।

उक्त अवसरमा उपनियोग प्रमुख अर्जुन घिमिरे, तृतीय सचिव प्रदिपसागर गिरि, ईजरायल – नेपाल मैत्री संस्थाका प्रमुख नदाब बेन येहुदा लगायत राजदूत रिजालका पारिवारिक सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त भेटमा राजदूत रिजालले नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट पठाइएको सन्देश राष्ट्रपति हेर्जोकलाई सुनाएका थिए ।

उक्त अवसरमा राजदूत रिजालर राष्ट्रपति हेर्जोग बीच दुई पक्षीय सम्बन्ध र आपसी हितको बारे बिशेष कुराकानी भएको थियो ।

राजदूत रिजाललाई गार्ड अफ अनरसहित सम्मान गरिएको छ ।

केहि दिन पहिले इजरायलको परराष्ट्र मन्त्रालयमा राजदूत रिजालले चिफ अफ प्रोटोकल गील हास्केलसमक्ष पनि आफ्नो ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेकी थिईन ।

फोटो साभार नेपाली राजदूतावासको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार