काठमाडौं । भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रीन सर्वसम्मत चयन भएका छन् ।
गत २०२२ जुलाई १९ तारिक सोमबार साँझ अनलाइन मार्फत सम्पन्न भएको छैटौं साधारण सभाले अध्यक्षमा पाख्रीन सहित १८ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा झकिन्द्र खतिवडा उपाध्यक्षमा मछिन्द्र तामाङ , सिता बिष्ट, महासचिव सुनिता गुरुङ, सचिव दीपा राई, कोषाध्यक्षमा रोजी गोले चयन गरिएको
छ ।
समितिको सदस्यहरुमा नमुना दहाल , जीवन गोले , तेज गोले तामाङ , अन्जु भट्टराई , बिकास पाख्रिन , सरिता लुइँटेल चुनिएका छन् ।
सोही साधारण सभाले भोजपुर सेवा समाज इजरायलको संरक्षकहरुमा कृष्ण रायमाझी , बिष्णु पाख्रिन, अनु थापालाई चयन गरेको छ भने प्रमुख सल्लाहकारमा इन्दिरा अधिकारी र सल्लाहकारमा सरस्वती राई लाई चयन गरेको छ ।
सोही अवसरमा अध्यक्ष सुमिन पाख्रीनले संस्था स्थापना गर्नुको उदेश्य र भाबी योजना बारे नयाँ खोज खबर लाई यसरी बताउनुभयो । उहाँले भन्नुभयो, ‘जननी जन्म भुमि जन्मेको ठाउँ जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ’ भन्ने मान्यता लाई शिरोपर गर्दै जन्मेको ठाउँको लागि केहि गरौं भन्ने उदेश्यले सबैको भावना र विचार लाई आत्मासाथ गर्दै भोजपुरको बिकास प्रतिको कार्य योजनालाई अगाडि बढाउने अभिप्रायले भोजपुर जिल्लाको धर्म संस्कृति पहिचान र जगेर्ना गर्दै भोजपुर जिल्लामा केही बिकास मुलक काम गरौँ र समाजका हरेक बर्ग समुदाय भित्रका गरिबि, असाय,वृद्ध , बिपन्न, बालबालिका,महिला असक्त,परिवार लाई लक्षित गर्दै देशमा परेको आपतविपत तथा दैविप्रकोप भुकम्प, बाढिपिडीत, खडेरी जस्ता आपत विपतको बेलामा हामी प्रवासी इजरायलमा रहेका भोजपुरबासीले थोरै भए पनि सहयोग गर्न सकौ र बिकासमा केही टेवा पुर्याउनु सकियोस भन्ने अभिप्रायले भोजपुर सेवा समाज इजरायलको इजरायलमा २०१७ मा स्थापना भएको हो ।’
भोजपुर सेवा समाज इजरायल २०१७ मा स्थापना भई निरन्तर भोजपुर जिल्लामा मात्र नभएर समाजका हरेक बर्ग समुदाय भित्रका गरिबि,असाय,वृद्ध , बिपन्न ,बालबालिका,महिला असक्त,परिवार लाई लक्षित गर्दै देशमा परेको बिपत्ती आपत्ति तथा दैबी प्रकोप भुकम्प, बाडीपिडित,खडेरी जस्तो आपत बिपतमा सहयोग गर्दै आइरहेको छ ।
प्रबासमा रहेर पनि सम्पूर्ण भोजपुर बासी दाजु भाइ दिदी बहिनीहरूलाई एकिकृत रुपमा संस्थामा आबद्द गराई आफ्नो जन्म, ठाउ,संस्कृति र भौगलिक बनावाटको परिचय दिनुका साथै बिभिन्न संभाव्य क्षेत्रमा सहयोग ,योगदान दिदै र इजरायलका बिभिन्न संघ संस्थाहरु सग सहकार्य, समन्यय गर्दै आइरहेको छ। निकट भविष्यमा चाडै अन्तराष्ट्रिय समाजको रुपमा समन्यय गर्दै अझ सशक्त ढंगले काम, कार्य अगाढि बढाउने सोच बनाएको बताउनुभयो ।

