शुक्रबार, साउन ६, २०७९
तीज मेघा महोत्सव इजरायलमा हुँदै, कुलेन्द्रदेखि यी चर्चित कलाकारको प्रस्तुती रहने

तीज मेघा महोत्सव इजरायलमा हुँदै, कुलेन्द्रदेखि यी चर्चित कलाकारको प्रस्तुती रहने


  • स्वदेश नेपाल
  • शुक्रबार, साउन ६, २०७९

काठमाडौं । नेपाली महिलाको महान पर्व हरितालिका तिज तथा चौंथा पुजाको अवसर पारि इजरायलमा २०७९ को सांगीतिक तिज धमाका हुँने भएको छ।

झापाली समाज इजरायल र गैर आवासीय नेपाली संघ इजरायल (एनआरएनए) को मुख्य आयोजकत्वमा २०७९ को तिज बिशेष सांगीतिक साँझ मनाउँन लागिएको हो।

२६ अगष्टमा हुन् गईरहेको तिज मेघा महोत्सव २०७९ तथा दर खाने कार्यक्रमका आयोजक संस्थाहरु “इजरायल गोर्खा एसोसियन ,मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल ,नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, हिन्दु जागरण नेपाल अभियान इजरायल, इन्डियन गोर्खा कम्पनि इजरायल, चितवन समाज इजरायल सहृदयता अन्तराष्ट्रिय रहेका छन्।

उक्त तिज मेघा महोत्सव २०७९ मा नेपालकी चर्चित लोकदोहारी गायिका टिका सानु, गायक कुलेन्द्र बिश्वकर्मा, गायक राजन राज शिवाकोटी, चर्चित गायक पुष्पन प्रधान लगायतका कलाकारहरुको उपस्थितिमा सांगीतिक धमाका हुने छ।

कार्यक्रमको मिडिया पार्टनरहरु, तिनजुरे अनलाइन, हाम्रो दमक डटकम, स्वदेश नेपाल डटकम, फिस्टेल न्युज, ए वान नेपाल डटकम र अर्घाखाँचीबुलेटिन डटकम रहेका छन्।

तिज मेघा महोत्सवको स्पोन्सरहरु, गोर्खा किचेन, मोबाइल होम, ह्यक्रिन, ओम इन्डियन स्टोर रहेका छन्। कार्यक्रम २६ अगष्ट २०२२ को साँझ ७ बजे बाट शुरु हुने आयोजकले बताएको छ । तिज कार्यक्रम तेलअभिवमा रहेको युनिभर्सिटी हलमा हुने छ।

कार्यक्रम स्थल सम्म जानको लागि लेवन्सकी पार्क बाट यातायात (बस) को व्यवस्था गरिएको आयोजक टिमले जानकारी दिएको छ। साथै इजरायललाई कर्मथलो बनाउँनु हुने सम्पूर्ण नेपालीभाषी दाजुभाई तथा दिदिबहिनीहरुलाई आयोजक टिमले चुले निम्तो समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट