आइतवार, असार १९, २०७९
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार ?


  • स्वदेश नेपाल
  • आइतवार, असार १९, २०७९

काठमाडौं । नेपाल सुनचाँदी महासंघे आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

महासंघले आजको बजार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ कायम छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
गत साताको शक्रुबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम थियो ।

यसका साथै, आज १० ग्राम छापावाल सुनको मूल्य तोलामा ८३ हजार ५९० रुपैयाँ कायम छ । यसैगरी, १० ग्राम तेजाबी सुनको मूल्य प्रतितोला ८३ हजार १६० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । पछिल्लो समय निरन्तर घट्दै आइरहेको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट