शनिबार, असार १८, २०७९
चलचित्र ‘छड्के २’ मा अनमोल

चलचित्र ‘छड्के २’ मा अनमोल


  • स्वदेश नेपाल
  • शनिबार, असार १८, २०७९

काठमाडौं– निर्देशक निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘छड्के २’मा अभिनेताका रुपमा अनमोल केसी अनुबन्धित भएका छन्। निर्देशक श्रेष्ठले बताएअनुसार फिल्ममा मुख्य कलाकारको रुपमा अनमोललाई लिइएको छ।

श्रेष्ठकाअनुसार अनमोलले २ साताअघि नै फिल्मका लागि सम्झौता गरेका छन्। करिब एक दशकअघि बनेको फिल्मको सिरिजको रुपमा बन्न लागेको यो फिल्ममा अनमोलको भूमिका पनि लिड रोलमै हुने श्रेष्ठ बताउँछन्। उनले भने, ‘अनमोल लिड रोलमै छन्। बाँकी फिल्मको फर्स्ट लुकको घोषणा भएको दिन जानकारी दिनेछौं।’

२०१३ मा रिलिज भएको ‘छड्के’को निरन्तरताको रुपमा बन्न लागेको यो फिल्ममा पहिलेको कथावस्तु र कलाकार नभएर नयाँ विषयवस्तु समेटिएको बताइएको छ। फिल्ममा नयाँ स्वादको कथासँगै नयाँ अनुहारहरु दर्शकले देख्न पाउने निर्माण पक्षको ठम्याई छ।

निर्वाण फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा कमेडी र ग्याङस्टर जनरालाई प्रस्तुत गरिने बताइएको छ। फिल्मको छायांकन केही समयपछि चितवन र मनाङमा गर्ने तयारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट