शुक्रबार, असार १७, २०७९
आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?


  • स्वदेश नेपाल
  • शुक्रबार, असार १७, २०७९

काठमाडौं । साताको छैंठौं दिन आज शुक्रबार पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन बिहीबार पनि तोलामा ३ सय रुपैयाँले घटेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज शुक्रबार २५ रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साताको छैंठौं दिन आज शुक्रबार पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट