बुधबार, असार १५, २०७९
अनेसासको केन्द्रीय “अध्यक्ष”मा उमेरदवारी दिएका ‘सङ्गम’ को हुन् ? यस्तो छ उनको परिचय

अनेसासको केन्द्रीय “अध्यक्ष”मा उमेरदवारी दिएका ‘सङ्गम’ को हुन् ? यस्तो छ उनको परिचय


  • स्वदेश नेपाल
  • बुधबार, असार १५, २०७९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आगामी जुलाई ९ र १० तारिख सम्पन्न हुन गइरहेको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि साहित्यकार सुनिल सङ्गमले “अध्यक्ष” पदमा आफ्नो उमेरदवारी दिएका छन ।

हाल अनेसासको केन्द्रीय उपाध्यक्ष रहेका सङ्गमको ४ वटा कृति र फुटकर कथा, कविता, गीत, गजल, मुक्तक तथा लेखहरू प्रकाशित छन् ।

लामोसमयदेखि वैदेशिक रोजगारीको सिलसिलामा इजरायल हुदै युरोपमा बसोबास गर्न पुगेका सङ्गम अनेसास इजरायलका संस्थापक पनि हुन् । सङ्गम अनेसास इजरायल र पोर्चुगल च्याप्टरको अध्यक्ष समेत भैसकेका छन ।

को हुन् सङ्गम ?

अनुभव तथा व्यक्तिगत विवरण

साहित्यिक नामः सुनिल संगम, वास्तविक नामः सुनिल कृष्ण श्रेष्ठ
जन्म मितिः २०३३, जन्म स्थानः सिन्धुली
हालः बेलायत, सम्पर्क ईमल/मोबाइल: [email protected] , +४४७४७६६६८८४८

संलग्नताः

उपाध्यक्ष – अनेसास केन्द्रीय कार्यसमिति-२०१८ देखि हालसम्म। अध्यक्ष – अनेसास पोर्चुगल च्याप्टर-२०१२ देखि २०१८ सम्म। संस्थापक अध्यक्ष – अनेसास इजरायल च्याप्टर २००८ देखि २०१० सम्म। उपाध्यक्ष -एनआरएनए पोर्चुगल-२०१५ देखि २०१७ सम्म। अध्यक्ष – प्रतिभ समुह इजरायल-२००७ देखि २००८ सम्म। प्रधान सम्पादक – “मेरो नेपाल” द्वैमासिक अनेसास इजरायलको प्रकाशन। सम्पादक – नेपाल चौतारी मासिक एनआरएनए इजरायलको प्रकाशन र सम्पादक – अन्तर्दृष्टि त्रैमासिक अनेसास केन्द्रीय प्रकाशन।

प्रकाशित कृतिहरु:

“थोपा-थोपा” गीतिसंग्रह-२०६६। “लाभेन्दरका परागहरु” संयुक्त साहित्यसंग्रह-२०७६। “याद” गीति एल्बम २०५६। “इच्छा” गीति एल्बम २०५७ र फुटकर कथा, कविता, गीत, गजल, मुक्तक तथा लेखहरू प्रकाशित।

प्रकाशोन्मुख कृतिहरूः गल्ली चोक गजल संग्रह, मारिलो कथा संग्रह, समयको तिर मुक्तक संग्रह र चक्ररेखा उपन्यास ।

पुरस्कार तथा सम्मानः शव्द रचना तर्फ दोस्रो स्थान-रेडियो नेपालद्वारा आयोजित प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलन-२०५७। अनेसास उत्कृष्ट पुस्तक पुरस्कार-२०१३। सर्वोकृष्ट गीतकार(पपगीत)-नेशनल पावर न्यूज म्यूजिक अवार्ड-२०२० र नइ रजत महोत्सव पदक -२०७९ ।

अनेसासको अध्यक्षमा उनको उम्मेद्वारी र प्रतिबद्धता !

१) आजीवन सदस्यहरुको व्यवस्थित रूपमा पंजिकृत गरि अनिवार्य प्रमाण-पत्र, परिचय पत्र र ब्याचको व्यवस्था गरिने छ।
२) अनेसासको वेभसाइटलाई व्यवस्थित र स्थरियतामा ध्यान पु-याई अनेसास‌का गतिविधिहरू निरन्तर अपडेट गरिने छ ।साथै साहित्यिक पत्रिकाहरू अन्तर्दृष्टि र अनेसास दर्पण (अनलाइन)को नियमित स्तरिय प्रकाशन गरिने छ।
३) हरेक च्याप्टरमा बालबालिकाको निम्ति नेपाली भाषा पठन पाठनको व्यवस्था मिलाईने र अनेसास बाल पाठ्यक्रम तयार गरिने छ ।
४) नेपाली भाषा साहित्यको विकाशको निम्ति विधागत रुपमा विश्वव्यापी प्रतियोगिताहरू गरिने छ ।
५) अनेसास पुरस्कारका लागि छुट्टै अक्षय कोषको स्थापना गरिने छ।

६) च्याप्टरको अधिवेशन प्रस्चात निर्वाचित कार्यसमितिका सदस्यहरूलाई केन्द्रद्वारा प्रमाण पत्रको व्यवस्था गरिने छ ।
७) च्याप्टर‌हरूको विधान र अधिवेशनको समयलाई न्यूनतम एकरूपतामा ल्याइने छ ।
८) नेपाली भाषीहरूको बाक्लो उपस्थिति रहेको मुलुकहरूमा नयाँ च्याप्टर स्थापनाको पहल यथाशिघ्र गरिने छ ।
९) विधागत रुपमा कार्यशाला गोष्ठी एवम् प्रशिक्षण‌को व्यवस्था गरिने छ साथै महिला तथा बालबालिकाको सहभागिताको लागि छुट्टै व्यवस्था गरिने छ।
१०) नेपाली भाषामा लेखिएका स्तरिय र चर्चित पुस्तकहरुलाई क्रमश विभिन्न भाषामा अनुवाद गरि विश्व साहित्यिक बजारमा पु-याइने छ।

११) आजीवन सदस्यहरूद्वारा लिखित पुस्तकहरूको प्रकाशन, विमोचन र वितरण (च्याप्टरसम्म) को व्यवस्था गरिने छ ।
१२) अग्रजहरुलाई उचित सम्मान र पुरस्कृत गर्दै नयाँलाई प्रोत्साहन गरिने छ।
१३) अनेसास भवन निर्माण तथा खरिद समबन्धमा विशेष चासोका साथ बोर्ड अफ ट्रष्टीसँग समन्वयनकारी भुमिका खेली आवश्यक कदम चालिने छ ।
१४) बोर्ड अफ ट्रष्टी र च्याप्टहरूसँग सधैँ समन्वय गरि कार्यक्रमहरू तय गरिने छ ।
१५) विगत‌का कार्यसमितिहरू‌ले गर्दै आइरहेका विभिन्न सभा-सम्मेलन, साहित्यिक उत्सव, कार्यक्रम र अन्य राम्रा कामहरूको निरन्तरता दिइने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट