बिहिबार, असार ९, २०७९
श्रीलंकाका प्रधानमन्त्रीद्वारा आफ्नो देश टाट पल्टिएको घोषणा !

श्रीलंकाका प्रधानमन्त्रीद्वारा आफ्नो देश टाट पल्टिएको घोषणा !


  • स्वदेश नेपाल
  • बिहिबार, असार ९, २०७९

श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो ।

विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ ।

देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताउनुभएको छ ।

श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उहाँले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताउनुभएको छ ।

त्यहाँको संसदलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले समस्या यो भन्दा चर्कियो भने के हुन्छ भन्न नसकिने पनि बताउनुभयो ।

उनले आफ्नो देशले आगामी दुई वर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्न सक्ने बताउँदै चिन्तासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट