‘न मर्छ कला न मर्छन कलाकार फैलाउने हाम्रो परम्परा अनि संस्कार ’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा) को १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।
मिति यहि १७ जुन २०२२ शुक्रबार एभरेस्ट डिस्को हल तेलअभिव तखना मर्काजितमा १०१२ मा स्थापित संस्था अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा) को १०औं वार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम २०२२ अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलका अध्यक्ष अनिल सिंह राजपुतको सभापतित्वमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रम प्रमुख अतिथी नेपाली राजदुतावास इजरायलका तृतीय सचिव प्रदिप सागर गिरि, गैर आवासिय नेपाली राष्ट्रिय समन्य समिती ईजरायलका प्रतिनिधि प्रथम उपाध्यक्ष सुमी थापा र राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको विशेष उपस्थितीमा भएको हो ।
सभाले युनिका गुरुङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य-समिति चयन गरेको छ ।
नयाँ समिति यस प्रकार छ :- अध्यक्ष : युनिका गुरुङ, वरिष्ठ उपाध्यक्ष : राज लिम्बु , प्रथम उपाध्यक्ष : कुमार आङ्देम्बे ( अबि ), उपाध्यक्ष : साबित्री राई, महासचिव : स्वास्तिका श्रेष्ठ , सचिव : स्वयम सुब्बा, कोषाध्यक्ष : कोपिला भट्टराई, सदस्यहरु : प्रयाग थिङ, पुन्य प्रसाद संकर, जानुका निरौला, मालाती बाग्दास, प्रकाश श्रेष्ठ, जिना सिंह, समिर राई, ज्योति प्रधान, रन्जन तिवारी छेत्री र खुसि निकु रहेका छन ।
यसै गरि संरक्षक, सल्लाहकार समितीमा कृष्ण रायमाझी, कादम्बरी दाना श्रेष्ठ, अनिल सिंह राजपुत, देब बास्कोटा, नेहा गुरुङ र किशोर के चौहान रहेका छन ।
निवर्तमान अध्यक्ष अनिल सिंह राजपुतले दुई बर्षको आफ्नो कार्यकाल सफलता पुर्वक सु-सम्पन्न गर्नु भएकोमा राजपुतको समितिलाई हार्दिक बधाई तथा धन्यवाद ब्यक्त गरेको छ ।