बुधबार, जेष्ठ २५, २०७९
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक


  • स्वदेश नेपाल
  • बुधबार, जेष्ठ २५, २०७९

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेशसभाको १०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथामिकतामा राखिएको छ ।

साथै लुम्बिनी सरकारले प्रदेश राजधानी क्षेत्रको दीर्घकालीन विकाससँगै अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रूपमा विकास गरिने भएको छ ।

अहिले स्थायी राजधानी बनाइएको क्षेत्रमा नयाँ नगरपालिका बनाएर राजधानीको व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति कार्यक्रममार्फत प्रदेश सरकारले स्थायी राजधानी तोकिएको राप्ती उपत्यका देउखुरीलाई गौरवको आयोजना घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट