शनिबार, जेष्ठ १४, २०७९
सुदूरपश्चिम प्रदेशसभाको बैठक १६ गते आह्वान गर्न सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको बैठक १६ गते आह्वान गर्न सिफारिस


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ १४, २०७९

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १६ गते बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष आह्वानको सिफारिस गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा। रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए । मन्त्री रावलका अनुसार जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशनको बैठक बस्ने गरी मन्त्री परिषदले सिुफारिष गरेको छ ।

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १६ गते बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष आह्वानको सिफारिस गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट