शुक्रबार, जेष्ठ १३, २०७९
युरोपेली मुलुकमा मङ्कीपक्सबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै

युरोपेली मुलुकमा मङ्कीपक्सबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै


  • स्वदेश नेपाल
  • शुक्रबार, जेष्ठ १३, २०७९

एजेन्सी । पछिल्लो समय युरोपेली मुलुकहरूमा मङ्कीपक्सबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै गएको छ । यूरोपेली स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्स फैलिएका मुलुकहरूमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

सङ्क्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ । यो रोग नयाँ भने नभएको र अहिले भइरहेकै खोपहरूले पनि काम गर्ने भएकाले त्यसको प्रयोग बढाउन पनि अधिकारीको सुझाव छ ।

मङ्कीपक्सका कारण मृत्यु नै हुने नभएपनि शरीरमा बिमिरा तथा फोका आउने, घाउ हुनेलगायतका स्वास्थ्य समस्या हुने गरेको चिकित्सकहरूले बताएका छन् । अफ्रिकाका कतिपय ठाँउमा मङ्कीपक्स पहिला पनि देखिने गरेको र अहिले फैलिने क्रम बढेकाले विश्वभरी त्रास सिर्जना गरेको युरोपेली स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

अहिले युरोपेली मुलुकहरू बेलायतलगायतका देशमा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या बढेको छ । अहिलेसम्म बेलायतमा ७१ मा सङ्क्रमण भएको पुष्टि गरिएको छ भने स्पेनमा ५५ जनालाई सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट