बिहिबार, जेष्ठ १२, २०७९
कक्षा १२ को परीक्षा बिहान ८ देखि ११ बजेसम्म

कक्षा १२ को परीक्षा बिहान ८ देखि ११ बजेसम्म


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ १२, २०७९

काठमाडौं । यहि जेठ १६ गतेदेखि हुने लागेको कक्षा १२ को परीक्षा समय परिवर्तन भएको छ । यसअघि बिहान ११ बजेदेखि हुने भनेर तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो ।

विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

यो पनि, एक महिनाभित्र विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन सरकारलाई निर्देशन दिएको हो ।

जेठ १ गतेबाट शैक्षिक सत्र सुरु भइसकेपनि सबैजसो विद्यार्थीहरूले अझै पुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्रमा सरकारले चार, सात र नौ कक्षाका लागि नयाँ पाठ्यक्रम लागू गरेको छ ।

तर, नयाँ पाठ्यक्रमअनुसारका पुस्तक नपुग्दा तीन ओटा कक्षामा अध्यनरत झण्डै २४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । शैक्षिक सत्र सुरु भइसक्दा समेत विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएपछि यथाशीघ्र पुस्तक उपलब्ध गराउन निर्देशन दिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट