आइतवार, जेष्ठ ८, २०७९
‘अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल’ शाखाको वार्षिकोत्सव तथा साधारणसभा हुँदै

‘अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल’ शाखाको वार्षिकोत्सव तथा साधारणसभा हुँदै


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ ८, २०७९

काठमाडौं । अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल’ (शाखा) को दशौं वार्षिकोत्सव तथा साधारणसभा’   जुन १७ तारिखमा हुने भएको छ ।

‘न मर्छ कला, न मर्छन् कलाकार, फैलाउने हाम्रो परम्परा अनि संस्कार’ भन्ने मूल नाराका साथ नेपाली साहित्य, कला, संस्कृतिको जगेर्ना,सम्रक्षण र प्रवर्द्धन गर्ने उदेश्यले २०१२ मा स्थापित हाम्रो गौरबमय संस्था ‘अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल’ (शाखा) को कार्यक्रम आगामी १७ जुन २०२२ मा दशौ वार्षिकोत्सव तथा साधारणसभा’ हुन लागेको हो । कार्यक्रम साँझ ६ बजे एभरेष्ट डिस्को हल तेल अभिव, तखना मर्काजित तेश्रो तल्लामा हुने भएको छ भने प्रवेश नि:शुल्क रहेको छ ।

उक्त कार्यक्रममा इजरायलमा बस्दै आएका सम्पूर्णलाई उपस्थितीको लागि आह्वान गरिएको छ । उक्त कार्यक्रममा आफूसँग भएका सबैखाले प्रतिभालाई प्रस्तुत गर्न पाइने जानकारी गराउँदै आयोजकले त्यसका लागि अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको आधिकारिक सदस्य बन्न इच्छुकले उक्त संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट