बुधबार, जेष्ठ ४, २०७९
नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा जुन १७ मा हुँदै

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा जुन १७ मा हुँदै


  • स्वदेश नेपाल
  • बुधबार, जेष्ठ ४, २०७९

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम हुँदै छ ।

‘विश्वका आदिवासी जनजाति एक हौं आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं’ भन्ने मुल नाराका साथ २०१२ मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम जुन १७ शुक्रबार लेवेन्स्कि ९९ को नयाँ विल्डिङ्ग ८ औंतलामा हुन लागेको हो ।

उक्त कार्यक्रममा इजराएलमा बस्दै आएका सम्पूर्ण नेपालीहरुलाई उपस्थितीका लागि नेफिन इजरायल परिवारले एक सूचना जारी गर्दै हार्दिक अनुरोध गरेको छ ।

यस्तो छ सूचना

सूचना सहित हार्दिक निमन्त्रणा !
इजराएलबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा ज्वजलपा साथै आदिवासी अभिवादन !
“विश्वका आदिवासी जनजाति एक हौं आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ २०१२ मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गईरहेको ब्यहोरा सबैमा जानकारि गराउँदै इजरायलमा स्थापित विभिन्न सामाजिक , धार्मिक, राजनीतिक संघ , संस्था संगठनहरु , विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरु , मिडिया कर्मी ज्युहरु, बुद्धिजीवी महानुभाव ज्युहरु लाई सहभागीताको लागि नेफिन इजरायल परिवार हार्दिक निमन्त्रणा गर्दछौं, सुभाय् !
नेपाल संवत् :- ११४२ तछलागा तृतीया
मिति :- 2022 जुन 17 शुक्रवार
समय :-साझ्ँ 7:30 बजे
स्थान :- लेवेन्स्कि 99 ( नयाँ विल्डिङ्ग ८औं तला )
राजकुमारी श्रेष्ठ
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ इजरायल ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट