मङ्लबार, जेष्ठ ३, २०७९
नेपाली जनसम्पर्क समिति इजरायलको परिचयात्मक कार्यक्रम सम्पन्न

नेपाली जनसम्पर्क समिति इजरायलको परिचयात्मक कार्यक्रम सम्पन्न


  • स्वदेश नेपाल
  • मङ्लबार, जेष्ठ ३, २०७९

इजरायल । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । यहि मे १३ तारिक अर्थात् शुक्रबार तेल अविवको ओलफ्सन  पार्कमा भएको छलफलमा पछिल्लो समय नेपालबाट रोजगारीको सिलसिलामा इजरायल आएका नेपाली कांग्रेसप्रति आस्थावानहरुलाई संगठित गर्ने उद्देश्यसहित परिचयात्मक भेटघाट कार्यक्रम आयोजना भएकाे हो ।

नेपाली जनसम्पर्क समितिका सभापति दिपिका भुसालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान सभापति तथा महासमिति सदस्य खगेश्वर अधिकारी, अतिथिहरुमा पूर्व उपसभापति तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र खनाल, सल्लाहकारहरु रुकमाया खनाल, भरत लामा र सुशीला बस्नेतको उपस्थिति रहेको थियो ।

नेपाली जनसम्पर्क समितिका प्रवक्ता राजेन्द्र उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा आसन ग्रहण राष्ट्रियगान र महामानव विशेश्वर प्रसाद कोइरालाको तस्बिरमा माल्यार्पणबाट शुभारम्भ गरिएको थियो । कार्यक्रममा समितिका उपसभापति कटक श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि क्रमशः मनोनित कार्यसमिति सदस्य कमल चन्द्र धिटाल, विष्णु गुरुङ, मिलन शाही, रवीन्द्र थापा, विश्व खरेल, केशव गौतम, जीवन न्यौपाने, प्रकाश श्रेष्ठ र मधुकर ढकालले आफ्नो विचार र परिचय दिएका थिए ।

मन्तव्यकै क्रममा प्रमुख अतिथि निवर्तमान सभापति एवं महासमिति सदस्य खगेश्वर अधिकारीले सम्पूर्ण मनोनित कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै जनसम्पर्क समितिभित्र संगठित रुपमा रहन सुझाव दिएका थिए ।

औपचारिक कार्यक्रमको अन्त्यमा समितिका सभापति दिपिका भुसालले कार्यक्रमको उद्देश्य र नवगन्तुक कार्य समिति सदस्यहरुलाई स्वागत, स्थानीय चुनावमा नेपाली कांग्रेसको सफलताको कामना गर्दै कार्यक्रम सफल पार्नका लागि प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग  गर्ने  सबैप्रति आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट