आज नेपाली महिलाले सगरमाथामा माथि विजय झण्डा गाडेको २९ बर्ष पुरा भएर ३० बर्ष लागेको छ ।
सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् पासाङ ल्हामु शेर्पा । उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो।
उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिईन्।सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भयो।
जापानी आरोही महिला जुन्को तापेइको पहिलो आरोहणसँगै संसारका १६ जना महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसक्दासमेत नेपाली महिलाले त्यो आँट र साहस राख्न सकेको थिएन।

२०५० वैशाख १० गते नेपाली झण्डासहित नेपाली महिलाले सगरमाथामा चुचुरो चुम्न सफल भयो। त्यो दिन नेपाली महिलाको शीर उठेको दिन थियो। संसारले नेपाल, नेपाली, हिमाल र शेर्पालाई चिनाउन पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पापछि महिलाको तर्फबाट पासाङ ल्हामु शेर्पा नै पहिलो हुन्।
सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन्। उनको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा २०१५ साल मंसिरमा भएको थियो। पिता फूर्वा कितार शेर्पासग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकी थिइन्।
दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकि हुन्। सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन।
पासाङ ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेको छ। सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको हो।

उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत गर्यो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको छ। उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि सञ्चालित छ।
२०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन।

पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो ‘जासम्बा’ नामको चुचुरोलाई ‘पासाङ ल्हामु चुली’ नामकरण पनि गरियो।
भिडियो
बैशाख १० अर्थात आज विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने प्रथम नेपाली महिला पासाङ ल्हमु शेपाको २९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
नेपालका जुनसुकै हिमालहरु चढ्न प¥यो भने पनि नेपाल सरकारलाई सलामी दस्तुर अर्थात् रोयल्टी अत्यन्तै महंगो तिर्नुपर्ने हुन्छ । तर, नेपाल सरकारले हाल आएर नेपाली आरोहीहरुलाई सलामी दस्तुर मिनाहा गर्ने वा विदेशीहरुलाई भन्दा कम दस्तुर लिने गरेको छ ।
जुन एकदमै सकारात्मक कदम हो भन्न सकिन्छ ।
तर, यस विषयमा कुरा गर्दा दुःखका साथ हामीले भन्नै पर्छ कि, सर्वप्रथम सगरमाथा चढ्ने नेपाली महिला पासाङल्हामु शेर्पाको हकमा भने सलामी दस्तुर मिनाहा भएन ।

