सामान्यतः एक जना व्यक्तिले दिनमा औसत कति समय मोबाइलको स्क्रिन हेरिरहेको हुन्छ ? कति समय ल्यापटप वा कम्प्युटरको स्क्रिन अघिल्तिर बस्छन् ?
यसको ठ्याक्कै हिसाबकिताब नहोला । यद्यपि, अहिले अधिकांश व्यक्ति कुनै न कुनै रुपमा स्क्रिनसँग नजिक छन् ।
चाहे फोन गर्दा होस् वा युट्युब, टिकटक चलाउँदा मानिसहरु मोबाइलको स्क्रिनमा जोडिएकै हुन्छन् । कोरोना महाव्याधिपछि विद्यालयको पठनपाठनसमेत मोबाइलको माध्यमबाट भयो ।
यसरी बालबालिका पनि स्क्रिनको सम्पर्कमा आए । डिजिटलाइज्डको यो युगमा धेरैजसो मान्छे कम्प्युटरबाटै आफ्नो दैनिक काम-व्यवहार चलाइरहेका छन् । यी सबैको एकमुष्ट निचोड के हो भने हामी कुनै न कुनै रुपमा स्क्रिनमा जोडिएका छौं ।
स्वस्थ आँखाको लागि २०-२०-२० नियम
लामो समय मोबाइल तथा कम्प्युटरमा काम गर्ने व्यक्तिहरूले २० को नियम लागु गर्नु एकदमै उपयुक्त हुन्छ । जसको अर्थ हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने ।
कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिले दुईदेखि तीन घण्टाको अवधिमा कम्तीमा २० मिनेट जति ब्रेक लिन पनि जरुरी छ । बेलाबेलामा आँखा झिम्काउन पनि बिर्सन हुँदैन ।
डिजिटलाइज्डको यो युगमा आँखालाई कसरी जोगाउने भन्नेबारे वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमाको भिडियो :-