आइतवार, बैशाख ११, २०७९
इटहरीमा एमालेले मेयरमा यामकुमार सुब्बा र उपमेयरमा सङ्गीता चौधरीलाई उमेरदवार तोक्यो !

इटहरीमा एमालेले मेयरमा यामकुमार सुब्बा र उपमेयरमा सङ्गीता चौधरीलाई उमेरदवार तोक्यो !


  • स्वदेश नेपाल
  • आइतवार, बैशाख ११, २०७९

नेकपा एमालेले इटहरीले उम्मेद्बार टुंगो लगाएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठकले यामकुमार सुब्बालाई मेयर र सङ्गीता चौधरीलाई उपमेयर दिने निर्णय गरेकाे हाे ।

अब भोलि आइतबार इटहरीको दुर्गा पार्टी प्यालेसमा उम्मेद्बारी घोषणा गर्ने कार्यक्रम रहेकाे नेकपा एमाले सुनसरीले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ । केही ठाउँबाहेक अन्यको टुंगो लागेको हो ।

आसन्न स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा निम्नानुसार ब्यक्तिहरुलाऊ प्रमुख र उपप्रमुखका उम्मेदवार बनाउने निर्णय गरेको छः

काठमाडौँः प्रमुख– केशव स्थापित
उपप्रमुख– सुनिता डंगोल

ललितपुरः प्रमुख– हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख– मञ्जली शाक्य बज्राचार्य

पोखराः प्रमुख– दीपक पौडेल
उपप्रमुख– मञ्जु देवी गुरुङ

भरतपुरः प्रमुख– विजय सुवेदी
वीरगञ्जः प्रमुख– विजय सरावगी

उपमहानगरपालिका

इटहरीः प्रमुख– यमकुमार सुब्बा र उपप्रमुख– संगीता चौधरी
धरानः प्रमुख– मञ्जु भण्डारी र उपप्रमुख पदम लिम्बु

हेटौंडाः प्रमुख– अनन्त पौडेल र उपप्रमुख सुमित्रा काफ्ले
कलैयाः प्रमुख विनोद साह

बुटवलः प्रमुख बाबुराम भट्टराई र उपप्रमुख सावित्रादेवी अर्याल
तुल्सीपुरः प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी

घोराहीः प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमा डीसी
नेपालगन्जः प्रमुख पशुपतिदयाल मिश्र र उपप्रमुख शान्तिदेवी ढकाल
धनगढीः प्रमुख रणबहादुर चन्द र उपप्रमुख चन्द्रकला राना थारु

प्रतिक्रिया
सम्बन्धित समाचार