‘चोतारीको बर, पिपलुलाई भर
माया पर पर, के रमाईलो छ र ?’
गायक विक्रम परियार, लोकदोहोरी क्षेत्रमा सुमधुर आवाज र स्थापित नाम हो । उनै विक्रमले गाएको गीत ‘चौतारीको बर’ अत्यधिक चर्चामा रह्यो । स्याङजा जिल्लाको गल्याङ नगरपालिकाका विक्रम ०७३ सालमा मास्टर्स पढ्न काठमाडौं छिरे, गायक बनेर उदाए ।
‘म पढ्न भनेर यहाँ (काठमाडौं)आएको थिए तर गायन तिर रुचि भएकोले विस्तारै यता लागे, उने भने ।’ बिदेश जाने भन्ने सोचमा पनि रहे विक्रमले आठ–नौ देशको लागि प्रयास पनि गरेको बताउँछन् ।

‘मैले बिदेशको लागि पनि धेरै देशमा ट्राइ गरे तर कुनैमा पनि भएन शायद मलाई भगवानले नेपालमै बसेर यो क्षेत्रअमा लाग्ने भनेर जुराएका थिए’, विक्रम भन्छन् ।’ पढ्न भनेर काठमाडौं छिरेको छोरो गीत गाउन तीर लोगपछि बुवाआमालाई केहि नरमाइलो त पक्कै लाग्यो तर छोराको रहर अघि बुवाआमाको केहि लागेन ।
घरपरिवारको पुरा साथ र सहयोगले यो क्षेत्रमा अघि बढिरहेका बिक्रमले सुरुवाती दिनमा काठमाडौंमा धेरै दुख र संघर्ष भने गरे । ‘स्वर्ग जस्तो जीवन आज नर्क भो’ बोलको गीतबाट यस क्षेत्रमा टेकेका विक्रमले अहिलेसम्म दुई दर्जनबढि गीत गाइसकेका छन् । मास्टर्सको पहिलो सेमेस्टरसम्म क्लास लिएका विक्रमले ०७२ मा ‘चौतारीको बर’ बजारमा आएर चर्चा पाएसँगै पढाइलाई रोके ।
गीतले राम्रो बजार पायो र विक्रमलाई गायक भनेर चिनायो र व्यस्तता बढायो पनि । यो गीत बजारमा आइसकेपछिको चर्चापछि बिक्रमको पनि चर्चा र माग बढ्यो । गीतले बजारमा आएको त्यो बेलाका हरेक मेला, महोत्सवमा विक्रमको माग बढायो । विक्रमको स्वरमा पछिल्लो समय लगातार जसो गीत बजारमा आइरहेका छन् ।
तिम्रै अभाव खड्किन्छ कान्छु !
जिन्दगीमा जे गर्छु, जहाँ जान्छु !
‘तिमी बिना हाँसेर हिड्न, भाग्यले त अधिकार दियो सानु के गरौ मुटुले अनुमति दिन्न’
केहि दिन अघि मात्रै बजारमा आएको यो यतिबेला चर्चामा छ ।
उनै विक्रमसँग गरिएको कुराकानी यसप्रकार छः
हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
गीतसंगीत अनि पढाइ यहि कुरामा व्यस्त छु ।
२. तपाइलाई गायक विक्रम परियार भनेर चिनाउने गीत ‘चौतारीको बर’ लाई मान्नुहुन्छ ?
एकदम, यहि गीतले हो मलाई गायक भनेर चिनाएको मेरो परिचय बनाएको । यो गीत मेरो ‘टर्निङ पोइन्ट’ हो ।
३. राम्रो हुनुहुन्छ, गायन सँगै अभिनयतीर देखिने सोच छैन ?
हाहाहा…सबैभन्दा पहिला मलाई मेरो स्वर चिनाउनुपर्छ, बिकाउनुपर्छ भन्ने लाग्छ । मेरो स्वर बिकेपछि अनुहार त्यसै बिक्छ ।
त्यसैले सुरुमा स्वरलाई तमाम श्रोतामाझ पु¥याउने क्रममा छु । मेरो स्वरलाई माया गर्नुभयो भने मेरो अनुहार बिकाउन सहज हुन्छ । यहि कारण अहिले गीत मात्रै गाएको छु । अभिनय तीर देखिने रहर भने पक्कै छ धेरैले सल्लाह पनि दिनुभएको छ । तत्काल सोचिसकेको छैन तर विस्तारै अभिनयमा पनि देख्न सक्नुहुने छ ।
४. गीत संगीत बाहेक अन्य कुन कुरामामा रुचि छ ?
अध्ययन, खेलकुद, राजीतिक, विश्व भुगोलको बारेमा अध्ययन गर्छु यस्तै कुरामा रुचि छ ।
५. जे सोचेर काठमाडौं पस्नुभयो त्यो पुरा भयो जस्तो लाग्छ ?
पुरा नै त भएको छैन तर अपुरो पनि छैन, म संघर्षको अवस्थामा छु तर सफलताको सिढींमा चढ्दै छु जस्तो लाग्छ ।
६. प्रेममा हुनुहुन्छ ?
छैन, म त्यस्को एक व्यक्तिको केटि साथीको प्रेममा भन्ने त्यसरी छैन तर धेरै हुनुहुन्छ मलाई माया गर्ने ।
७. घरबाट बिहेको कुरा कत्तिको आउँछ ?
एकदम आइरहेको छ । तर तत्काल यो विषयमा सोचेको छैैन हाहाहा…
८. अब कस्ता गीतको तयारीमा हुनुहुन्छ ?
म मौलिकतालाई बढि ध्यान दिन्छु । मैले गरेको कामले पछि कहिल्यै पछुतो हुने अवस्था नहोस भन्ने सधैं सोचिरहन्छु यहि सोचेर काम गर्छु म यस्तै मौलिक गीत नै सुन्न सक्नु हुने छ ।
९. तपाइका आफुले गाएका गीतमा मन परेको गीत कुन हो ?
मलाई मेरो सबै गीतको उत्तिकै माया लाग्छ तर मेरो परिचय बनेको गीत ‘चैतारीको बर’ लाई सम्झिन्छु ।
१०. गीत गाएर पाएको सबैभन्दा महत्वपुर्ण उपहार के छ ?
दर्शकश्रोताको माया, धेरैले चिन्नुहुन्छ माया गर्नुहुन्छ । यहि हो ठुलो उपहार ।
११. जिवनमा एकदमै खुशी र दुखी भएको कुनै पल सम्झनामा छ ?
घर छोडेर आउँदा एकदम दुखको पल हो भने ‘चौतारीको बर’ले चर्चा पाउँदा खुशीको पल हो ।
१२. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
म आज जे छु यो सबै दर्शक श्रोताको माया हो । दर्शक श्रोता मेरा भगवान हुनुहुन्छ । हजुरहरुले दिएको माया र आशिर्वाद सधैं पाइराखु । मेरा भगवानरुपी दर्शक श्रोताप्रति सधै आभारी छु, तपाइहरुलाई सधै म मिठा र राम्रा गीत पस्कने प्रयारसरत छु र रहिरहने छु । धन्यवाद । दर्शकश्रोताको माया बचाइराख्न सकु ।

