वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’लाई चितवन साहित्य परिषदले ”चिसाप गायत्री सरस्वती पुरस्कार २०७७” बाट सम्मानित गरेको छ ।
चैत्र २६ गते शनिबारको दिन चितवन साहित्य परिषदको सभाकक्षमा आयोजित बिशेष साहित्यिक कार्यक्रममा नेपाली भाषा साहित्यको सेवामा झन्डै ४० बर्षदेखि सक्रिय रहेरक वरिष्ठ साहित्यकार ‘सरित’लाई उक्त सम्मान प्रदान गरिएको थियो ।
चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार गोविन्दराज विनोदीले साहित्यकार ‘सरित’लाई “चिसाप गायत्री सरस्वती पुरस्कार २०७७”सहित रु १५ हजार ४५ रुपैयाँराशिले सम्मान गरेका थिए ।
सम्मान ग्रहणपछि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार सरितले जीवन र जगतमा जे छ साहित्यमा पनि त्यही हुनु पर्छ साथै साहित्यमा पनि जे छ जीवन र जगतमा पनि त्यही हुनुपर्ने बताउदै साहित्य समाजको ऐना होइन पथ पर्दशक हुन् पर्नेमा जोड दिएका छन ।
आफुले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानलाई कदर गदैॅ पुरस्कृत गरिएकोमा चितवन साहित्य परिषद लगायत सम्बन्धित सबैलाई हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
को हुन् इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ ?
२०३५सालमा सर्वप्रथम कविता प्रकाशनबाट आप्नो लेखनयात्रा प्रारम्भ गरेका ‘सरित्’चार दशकदेखि निरन्तर लेखनमा सक्रिय रही नेपाली साहित्यको क्षेत्रमा योगदान गर्ने व्यक्तित्व हुन् । वि.सं. २०१९ पुस १० गते राधापुर म्यान्मार (बर्मा) मा जन्मिएका सरित् हाल इटहरी नगर पालिका तरहरा, सुनसरी नेपालमा स्थायी बसोवास गर्ने गरेका छन् र उनको शिक्षामा स्नातकोत्तरसम्मको अध्ययन रहेको छ ।
‘सरित्’को पहिलो प्रकाशित रचना हो ः कविता (नयाँ सन्देश २०३५) आजसम्म प्रकाशित कृतिहरू हुन् : पूर्व क्ष्तििज (कवितासङ्ग्रह २०४६), दिदीको देवर (कथासङ्ग्रह २०५०), जस्केलोबाट चियाउने सूर्य (कथासङ्ग्रह २०५६), एकजोर पूलघोडा (कथासङ्ग्रह २०५६), अनुभूति र स्वीकारोक्तिमा (अन्तर्वार्ता २०५९), अर्धसत्य (उपन्यास २०६३), खरायोको खोरमा (बालकथासङ्ग्रह २०६५), सरितका प्रतिनिधि कथा (कथासङ्ग्रह २०७४) का साथै ऋतु फेरिँदै जान्छ (कथासङ्ग्रह २०७४) । उनले विभिन्न पुस्तकहरूको सम्पादन पनि गरेका छन् ।
नेपाली साहित्यको क्षेत्रमा योगदान गरे वापत विभिन्न संस्थाहरू सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । पुरस्कारमा स्वर समूह पुरस्कार (२०५५), काजी रोशन साहित्य पुरस्कार (२०५६), युवावर्ष मोती पुरस्कार (२०५८),शङ्कर कोइराला स्मृति पुरस्कार (२०६३),प्रमोदराज सावित्री पाण्डे पुरस्कार २०७४ आदि हुन् ।
‘सरित्’को पहिलो प्रकाशित रचना हो ः कविता (नयाँ सन्देश २०३५) आजसम्म प्रकाशित कृतिहरू हुन् ः पूर्व क्ष्तििज (कवितासङ्ग्रह २०४६), दिदीको देवर (कथासङ्ग्रह २०५०), जस्केलोबाट चियाउने सूर्य (कथासङ्ग्रह २०५६), एकजोर पूलघोडा (कथासङ्ग्रह २०५६), अनुभूति र स्वीकारोक्तिमा (अन्तर्वार्ता २०५९), अर्धसत्य (उपन्यास २०६३), खरायोको खोरमा (बालकथासङ्ग्रह २०६५), सरित्का प्रतिनिधि कथा (कथासङ्ग्रह २०७४) का साथै ऋतु फेरिँदै जान्छ (कथासङ्ग्रह २०७४) । उनले विभिन्न पुस्तकहरूको सम्पादन पनि गरेका छन् ।
२०३५ सालदेखि उनको साहित्यिक यात्रा निरन्तर रुपमा चलिरहेको छ । साहित्यको करीब करीब सबै विधामा कलम चलाए तापनि उनी मुलत: कथाकारको रुपमा परिचित, स्थापित र प्रतिष्ठित छन् ।
साहित्यकार सरित् स्वदेश नेपालका संस्थापक प्रधानसम्पादक समेत हुन् ।